२०८१ भाद्र २१, शुक्रबार ११:३५

सुनको मूल्य आज बढेको छ। मूल्य बढेसँगै स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजको लागि एक तोला सुनको मूल्य एक लाख ५३ हजार ३०० रूपैयाँ निर्धारण भएको जनाएको छ। यसअघि भदौ १३ गत्ते एक लाख ५३ हजार दुई सय रूपैयाँ काय भएको थियो।

आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य एक हजार ३०० रूपैयाँ बढेको हो। बिहीबार स्थानीय बजारमा एक लाख ५२ हजार तोला सुन किनबेच गरिएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आजको लागि एक तोला चाँदीको मूल्य एक हजार ७९५ निर्धारण गरिएको छ। बुधबार चाँदीको मूल्य एक हजार सात सय ६५ रूपैयाँ तोकिएको थियो।

Comment

Related News

Latest News

Trending News