२०८१ भाद्र २२, शनिबार ०८:१०

रौतहटको गरुडा नगरपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरी महिलाको मृत्युपछि स्वास्थ्य चौकीमा शुक्रबार दिनभर तनाव उत्पन्न भएको छ ।

जिल्लाको गरुडा –५ शिवनगरस्थित स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा एकजना सुत्केरी रमिता देवीको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको भन्दै शुक्रबार पीडित परिवारले अस्पताल घेराउ गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । बर्थिङ सेन्टरमा अहिले भारी मात्रामा नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

शिवनगरका अरबिन्द साहको श्रीमती वर्ष २५ की रमिता देवीलाई सुत्केरी व्यथा लागेर सुत्केरी गराउन सो स्वास्थ्य चौकीमा बिहीबार साँझ ल्याएकोमा सामान्य रुपमा सुत्केरी भएको थियो । सुत्केरी पछि बढी रक्तश्राव भएको कारण सुत्केरी महिलालाई थप उपचारको लागि शुक्रबार बिहान वीरगञ्जतर्फ रेफर गरिएको थियो । तर वीरगञ्जस्थित इन्डो नेपाल अस्पतालमा बिरामीको उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको रौतहट प्रहरीका प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

सुत्केरी महिलाको मृत्यु पछि चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्वास्थ्य चौकी शुक्रबार दिनभर तनावग्रस्त बनेको थियो । मृतक महिलाको शव राखेर पीडित आफन्तजनले दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । चिकित्सकको चरम लापरबाहीका कारण अत्यधिक रक्तस्राव भएर वीरगन्ज लैजाने क्रममा सुत्केरी आमाको मृत्यु भएको पीडित परिवारको आरोप छ ।

Comment


Related News

Latest News

Trending News