२०८१ भाद्र २२, शनिबार ०८:२१

दुई शब्दचित्रबाट आजको विषय प्रवेश गर्नचाहेँ

दृश्य– १.



स्थान : सीता चौक

मिति : २०८१ सालभदौँ २१ गते शुक्रबार, समय मध्यान्ह १२ बजे ।

सीता चोकदेखि पूलचौक जाने बाटोमा दायाँ–बायाँयदुकुहा, खरिहानी, सिमराढी आदि पूर्व चल्ने यात्रुवाहक बस, जीप, हायस आदि सवारीसाधन पार्किङ गरिएका छन् । सडकको दुवै किनारामा भाडाका सवारी साधन पार्किङ गरिएकालेपैदल, मोटरसाइकल, जीप, कार आदिमा यात्रा गर्ने सर्वसाधारणहरु सडकको बीच बाट हिड्नुपर्ने बाध्यता छ । वर्षाको पानीले हिल्लामय सडकको बीच भागबाट आउजाउ गर्नु परेका वृद्ध–वृद्धा,स्कूले विद्यार्थी तथा सर्वसाधारण वाक्कदिक्क छन् । एक जना वृद्ध चिप्लेर लडेका छन् ।उनलाई सहयोग गर्न कुनै चालक र सहचालक अघि आउँदैनन् । धन्य एक जना मोटरसाइकल चालकहिलोमै बाइक रोकेर बिचरालाई सडक पार गराए ।सीता चोकदेखि मिल्सएरिया जाने बाटोकोअवस्था यस भन्दा पनि भद्रगोल छ । सडकको दुवैतिर ई–रिक्सा पार्किङ गरिएका छन् । केहीचालकबीच सडकमै ई–रिक्सा रोकेर गफिदै छन् । केही यात्रीसंग मोलमोलाई गर्दै छन् ।सर्वसाधारणलाई आउजाउ गर्न बाटो छैन । बीच सडकमा ई–रिक्सा किन रोकेको ? भन्नेसवालको जवाफमा चालक हाकाहाका भन्छन्– ‘सडक केकरो बापके नइ है….। जत’ मन होतैतत रोकबै ।’ अर्थात् सडक कसैको बाउको होइन । जहाँ मन लाग्छ, त्यहीँ रोक्छु ।सीता चोकभन्दा पूर्व र पश्चिम यात्रुबाहकबस, हायस र ई–रिक्साका चालकहरुको गुण्डागर्दी चल्दै गर्दा धनुषा ट्राफिकका जवानहरु जनकपुरधामछिर्ने र निस्किने नाकाहरुमा धराप थापेर शिकारको खोजीमा थिए । ट्राफिक प्रहरीकोप्राथमिकता सडक व्यवस्थापनभन्दा पनि लाइसेन्स, ब्लुबूक, हेलमेट चेक गर्ने, दुई भन्दाअधिक यात्रु सवार मोटरसाइल रोक्ने अनि घोषित अघोषित जरिवाना तिराउँने हो ।

दृश्य– २.

स्थान : जनक मन्दिर

मिति २०८१ भदौँ२० गते बिहीबार समयः पूर्वान्ह १० बजे

जानकी मन्दिरतिरबाट एक साथ पाँचवटा ई–रिक्साआउँछ । रिक्सामा दक्षिण भारतमा तीर्थयात्रीहरु सवार थिए । सबै प्रौढ र सुसंस्कृत । बढीअंग्रजी बोल्ने । अलि अलि हिन्दी बोल्न जान्ने । यात्रीहरु ज्नक मन्दिरमा पूजा पाठ गर्न थालेपछि,ई– रिक्सा चालकहरुमा झगडा सुरु हुन्छ । एकले भन्छ– भाडा भारतीय रुपैयाँमा लिनु पर्दछ ।अर्कोले भन्छ– भाडा नेपाली रुपैयाँमा तय भएको छ भने भारतीय रुपैयाँमा कसरी लिन्छौ? तेश्रोले भन्छ– भाडा तय गर्ने बेला रुपैयाँ मात्र भनेका हौँ । भारतीय नेपालीभनेका छैनौँ । पूजा सकेर तीर्थ यात्रीहरु आ–आफ्ना ई–रिक्सामा सवार हुन्छन् ।गञ्जी लगाएका, हाफ पेन्ट माथि कूर्ता भिडेका, बिडी फुक्दै, खैनी मल्दै गरेकाई–रिक्सा चालकहरु गन्त्व्यतर्फ प्रस्थान गर्छन् । भारतीय तीर्थयात्रीहरुका लागि मिथिला नगरीजनकपुरधाम पहिलो गन्तव्य हो ।

नेपालमै सबभन्दा बढी भारतीय पर्यटक आउने नगरजनकपुरधाम नै हो । यसका अतिरिक्त यहाँ तेश्रो मुलुकबाट पनि पर्यटकहरु आउँछन् ।नगर बसको सुविधा नभएको कारण देशीविदेशी पर्यटकहरुको पहिलो रोजाइ वा बाध्यता ई–रिक्सा नै हो । तर ई–रिक्सा व्यवस्थित छैन । ई–रि क्सा स्टेण्ड छैन । चालकलाई जहाँ मन लाग्छ,त्यहाँ रोक्छ । यात्री बसाउँछ अनि मोल मोलाइ गर्छ । जनकपुरधाम उपमहानगरपालिकालेई–रिक्साको दररेट कायम गरेको हो भने पालिकाको पाइलमा होला । यात्रीहरुले चालकलेभनेकै दररेटमा यात्रागर्नु पर्ने बाध्यता छ । ई–रिक्साको दर्ता कहाँ हुन्छ ? मैले धेरैअघिदेखि जान्न खोजेको हुँ । एक थरीले भने यातायात कार्यालयमा, जनकपुरधाम उपमहानगरपालिकाकाएक अधिकृतले भने– नगरपालिकामा । बुझ्दै जाँदा केही ई–रिक्सा जनकपुरधाम उपमहानगरपालिकालेपनि दर्ता गरेको बुझियो । फेरी ई–रिक्सा चालकलाई लाइसेन्स चाहिन्छ कि चाहिन्न ?

काठमाण्डू, पोखरा मात्र होइन, अधिकांश भारतीय नगरहरुमा टेक्सी, ई–रिक्सा चालकहरुकालागि ड्रेसकोड निर्धारित गरिएको हुन्छ । शिष्टाचार सम्बन्धी थोर बहुत तालिम पनि दिइएकोहुन्छ । अब भन्नोस्– गञ्जीमा सजिएका, हाफ पेन्टमाथि कूर्ता भिरेका तथा बिडीसिगरेटको दम्म लगाउँदै रिक्सा तान्दै गरेका लाइसेन्स विनाको ई– रिक्सा चालकहरुलेजनकपुरधामको कस्तो छवि बनाउँदा होलान् । ट्राफिक प्रहरीको काम यातायातको व्यवस्थापन हो। यस भित्र लाइसेन्सदेखि हेलमेटसम्म तथा तीब्रगति देखि मध्यम गतिसम्मको चेकजाँच पर्दछ । तरदुर्भाग्य धनुषा ट्राफिकका जवानहरु राजस्व असुलीलाई प्राथमिकता दिएको छ । जनकपुरधामउपमहानगरपालिका ई– रिक्साको दर्तासम्मै सिमित छ । पार्किंग व्यवस्थापन तथा दररेट अनुगमनतर्फध्यान दिएको छैन ।

Comment


Related News

Latest News

Trending News