अपडेट 
२०८१ भाद्र २३, आईतवार ०७:२१

सप्तरीमा एकजना चोरको आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको अग्नीसाइर कृष्णावारन गाउँपालिका–२ स्थित चाँदनी चोकबाट शनिबार चोरीको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारका अन्दाजी १८ वर्षीय प्रकाश दास रहेका छन् । चाँदनी चोकका ललित नारायण साहको घरको ताल्चा फुटाउँदै गर्दा दासलाई बिहान पक्राउ गरेको स्थानीय खड्गबहादुर तामाङले बताउनुभयो । पक्राउ परेका दासलाई प्रहरी बोलाएर जिम्मा लगाएको तामाङको जनाएको छ ।

दासको साथबाट गत मंगलबार चोरी भएको सङ्गीता लिम्बूको मुक्तिनाथ बैङ्क र एभरेष्ट बैङ्कको एटिएम कार्ड समेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दासलाई इलाका प्रहरी कार्यालय महुलीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । आरोपित दासले घरमा कोही नभएको मौका पारेर ग्यास सिलिन्डर, गैती, हथौडा, बेल्चा, साबेल, नगद खाद्यान्न, भाँडाकुँडा लगायतको सामान चोरी भएको प्रहरीले जनाएको छ ।

भाडावाल संगीता लिम्बूको कोठाबाट ताला फुटाएर, पर्ससहित नगद एटिएम, खाद्यान्न, सिलिन्डरसहितका सरसामान चोरी भएको थियो । सप्तरीमा केही दिन यता विद्यालय, मठमन्दिर, गुम्बालगायतका सार्वजनिक स्थल तथा घर गाउँमा सवारी साधन, पशुचौपाया चोरीको घटना वृद्धि भएपछि स्थानीय त्रसित भएका छन् ।

Comment


Related News

Latest News

Trending News