अपडेट 
२०८१ भाद्र २३, आईतवार ०७:२६

मुख्यमन्त्री सतीश कुमार सिंहले मधेश प्रदेश लोकसेवा आयोगको पाँचौँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिएका छन् ।

जनकपुरधाममा शनिबार प्रदेश लोकसेवा आयोगको वार्षिकोत्सव अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले स्वच्छता, निष्पक्षता र पारदर्शितामा आधारित मूल्यमान्यता एवम् मापदण्डअनुसार सक्षम राष्ट्रसेवकको उत्पादन र उत्पादित कर्मचारीको भविष्य सुनिश्चित गर्न आयोगको महत्त्वपूर्ण भूमिका नै यसप्रति जनविश्वास रहेको उल्लेख छ । उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘मधेश प्रदेशको लोकसेवा आयोगले नियुक्ति सिफारिस, बढुवा, परामर्श आदिका लागि कानुनप्रदत्त दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको छ । प्रशासनयन्त्रमा गुणस्तर र चुस्तताको अपेक्षा गरिएको छ ।

सार्वजनिक प्रशासनलाई थप उत्तरदायी र जवाफदेही बनाउनुपर्नेछ । यस चुनौतीलाई प्रदेश लोकसेवा आयोगले अवश्य पनि सफलतापूर्वक पूरा गर्नेछ ।’ उनले सार्वजनिक प्रशासनमा योग्य, सक्षम र प्रतिभावान एवम् सिर्जनात्मक क्षमता भएकाहरूलाई आकर्षित गर्न आयोगले विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु, भनेका छन् ।

Comment


Related News

Latest News

Trending News