अपडेट 
२०८१ भाद्र २३, आईतवार १५:२६

कोरोना बीमा रकम भुक्तानी माग गर्दै संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

यसअघिको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो ।

रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ।  संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।

बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले बेहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ।

Comment


Related News

Latest News

Trending News