अपडेट 
२०८१ भाद्र २४, सोमबार ०७:३१

जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनको गर्मी बढ्न थालेको छ । प्राकृतिक गर्मीभन्दा पनि चुनावी गतिविधिले तापक्रम बढाएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि यही भदौँ २९ गते निर्वाचनको मिति तोकिएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा प्रत्यासीहरु मतदातालाई रिझाउन प्रचारप्रसारलाई तीव्र बनाएका छन् । चुनावका लागि प्रतिद्वन्द्वी मात्र नभइ मतदाता तथा समर्थकहरुमा समेत चुनावी सरगर्मी बढेको छ । जनकपुरधाम उपमहानगरको बजारक्षेत्रमा जताततै उद्योग वाणिज्य संघकै चर्चा छ ।

सामाजिक सञ्जाल फेसबुक, ट् वीटरलगायतमा उद्योग वाणिज्य संघको प्रचारप्रसारले ठाउँ पाएको छ । शनिबार हुने निर्वाचनमा आफूलाई जिताउनका लागि उम्मेदवारहरु आ–आफ्ना प्रतिवद्धतासहित मतदाताका घरदैलोमा पुगिरहेका छन् । संघको चुनाव विगतको जस्तो जिल्ला केन्द्रित नभई उपमहानगरमा नै सिमित छ । तर मतदाताको संख्या भने खासै घटेको छैन । मतदानको तिथि नजिकिदै गर्दा उम्मेदवारहरुको हारजीतको आँकलन पनि गर्न थालिएको छ ।

वाणिज्य संघको सबैभन्दा महत्वपूर्ण मानिने अध्यक्ष पदका लागि जातीय समीकरण हावी रह्दै आएको आरोप पनि लाग्दै आएको छ । जातीय वाहुल्यताले संघमा कब्जा जमाउँदै आएको आरोप लागि रहँदा अर्थशास्त्री डा.सुरेन्द्र लाभले संघको चुनाव मात्र नभई जनकपुरधामको परिपे्रक्ष्यमा हरेक चुनावमा जातीय समीकरण हावी रहँदै आएको कुरालाई अस्वीकार गर्न नसकिने बताए । ‘अन्य कुरामा जातिगत एकता नभए पनि चुनावको मामिलामा अगुवाहरुको लहैलहैमा जातीय समीकरण हावी हुने गरेको छ ।’ उनले भने, बजारमा अहिले तरलताको अभाव छ, यस्तो अवस्थामा कुनै पनि समीकरणलाई ध्यानदिनु भन्दा अर्थ क्षेत्रलाई अगाडि बढाउन सक्नेलाई अगाडि ल्याउनु पर्छ ।

दलवाद, नातावाद, कृपावादलाई त्यागेर आर्थिक क्षेत्रको सम्बोधन गर्न सक्ने सक्षम नेतृत्वलाई मत दिएर अगाडि ल्याउन आजको आवश्यकता रहेको उनले बताए । तर सुडीकुटी कार्यसमिति सदस्य सन्तोष साहले जातीय समीकरण भन्ने कुरा हावा मात्र रहेको बताउँछन् । ‘बजारमा यस किसिमको हल्ला, ¥युमर, आरोप प्रत्यारोप लगाएर संघ संगठनको बदनाम मात्र गर्न खोजिएको छ’ उनले भने, सुडीकुटी जातीय संगठन रहेको र यसले कुनै जाति विशेषलाई समर्थन गरेको छैन, यस्ता हल्ला निराधार हो, यस्ता हल्ला फिजाएर जातिय संस्थाहरुलाई बदनाम गर्न खोजिएको हो ।

तेली कुटी जनकपुरधामका अध्यक्ष रामबाबु साहको धारणा पनि उस्तै छ । ‘जाती विशेषलाई संगठनले सहयोग गर्दै आएको हल्ला निराधार हो’ उनले भने, यस्ता कुरा बदनाम गर्ने अभिप्रायले नै फिँजाइएको छ । उनले भने,‘संगठन एकातर्फ छ भने मानिसको व्यक्तिगत इच्छा अर्को तर्फ छ, कसैको व्यक्तिगत इच्छालाई कसैले रोक्न सक्दैन, संगठनले कुनै किसिमको ह्वीप जारी गरेको छैन, जातीय संगठनले सहयोग गरेको भन्नु ¥युमर फैलाएको मात्र हो ,यसमा कुनै सत्यता छैन ।’ जातीय संगठन भन्दा पनि हरेक निर्वाचनमा गरिने खर्चले पनि मतदानलाई प्रभावित गर्दै आएको स्थानीयहरुको भनाइ छ ।

चुनावमा खर्च गर्नुभन्दा राम्रो भिजनका साथ अगाडि आउनु आवश्यकता रहेको अधिकांशको कथन रहेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघमा अध्यक्ष पदका आकांक्षीहरु जितेन्द्र साह कलवार जातिका हुन् । मनिष रमण साह तेली जातिका हुन् र सुरेन्द्र भण्डारी माली जातिका हुन् । तर उनीहरुले जातीयतालाई चुनावमा कतै ल्याएको देखिदैन । उद्योगी, व्यवसायीहरुको समस्या, समाधान र सम्मानलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

Comment


Related News

Latest News

Trending News