भारतको पश्चिम बंगाल राज्यको दार्जिलिंगमा आयोजित एक कार्यक्रममा ८ जना नेपालीलाई “ग्लोबल ह्युमन राइट्स इण्डो–नेपाल” मित्रता पुरस्कारबाट सम्मानित गरिएको छ ।
ग्लोबल ह्युमन राइट्स प्रोटेक्सन फाउण्डेशन रिसर्च इन्स्टिच्युटद्वारा सोमबार एक कार्यक्रमको आयोजना गरी ८ जना नेपालीलाई सो पुरस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सुनिता साह “क्रान्ति”, मिश्रिलाल मधुकर, नेत्रबिक्रम साह, डा. नवलकिशोर साह, डा. अनिसा अछामी, समोदकुमार साह, कामेश्वर साह र मो. अनवर अली रहेका छन् ।
मानवअधिकार, महिला शसक्तिकरण, सामाजिक न्याय तथा कोरोना कालमा पीडित भएकाहरुको विभिन्न माध्यमले सहयोग पु¥याएवापत उनीहरुलाई सो पुरस्कारबाट सम्मानित गरिएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष महानन्द सरकारले बताए । उनीहरुलाई कार्यक्रममा समाजसेवी अशोक अग्रवालले सम्मानपत्र, प्रतिक चिन्ह र मेडल प्रदान गरे ।
सो संस्थाले प्रत्येक वर्ष मानवअधिकार, महिला सशक्तिकरण, सामाजिक न्याय र समाजसेवा क्षेत्रमा योगदान पु¥याउने नेपाल र भारतका अभियन्ताहरुलाई छनौट गरी पुरस्कृत गर्दै आएको छ ।


