२०८१ भाद्र २६, बुधबार १५:३५

बालश्रम र बेचबिखनमा परेका १० जना नेपाली बालबालिकालाई भारतबाट उद्धार गरेर नेपाल ल्याइँदै छ।

दिल्ली आसपासका जिल्लाहरूबाट बालश्रममा खटाइएका ७ जना बालक र बेचबिखनमा परेका ३ बालिकालाई उद्धार गरेर नेपाल ल्याउन लागेको हो। उनीहरू १० देखि १७ वर्ष उमेर समूहका छन्।

उनीहरूलाई बुधबार साँझसम्म रूपन्देहीको जिल्ला प्रशासन कार्यालय ल्याइसक्ने कीन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईले जानकारी दिए। उनका अनुसार भारतस्थित भएको नेपाली दूतावास र कीन इन्डियाको सहकार्यमा उद्धार गरेर ल्याउन लागिएको हो। उद्धारपछि राष्ट्रिय बालअधिकार परिषद्को समन्वय गरेर परिवारसँग पुनर्मिलन गराउने योजना छ।

उद्धार गरिएका बालकहरू रूपन्देही, दाङ, बर्दिया, सिराहा, रौतहटका २ जना, कीर्तिपुर एक जना बालक रहेको उनले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News