अपडेट 
२०८१ भाद्र २७, बिहीबार १६:३४

जनकपुरधाम उद्योग बाणिज्य संघको शनिवार हुन लागेको निर्वाचनको पुर्व सन्ध्यामा विभिन्न शंका आशंका उब्जिन थालेको छ । रामचौकमा एकजना व्यापारीले आफनो मतदाता परिचय पत्र देखाउदै परिचय पत्रमा विभिन्न त्रुटीहरु देखिएको जस्ले बिबाद र समस्या उत्पन्न हुन सक्ने बताए ।

उनले (परिचय पत्रमा उल्लेखित व्यापारी) आफूलाई सुरुमा दिइएको परिचय पत्रमा आफनो नाम सहि भएपनि फोटो अरुको रहेको बताउदै त्रुटीहरु सच्याउन निर्वाचन समितिलाई आग्रह गरेको छ । पछि उनले गुनासो गरेपछि अर्को सच्याइएको परिचयपत्र पनि दिइएको देखाउदै भने । कतिपय आईडी कार्डमा फोटो नै नरहेको पनि भेटियो ।

त्यसरी फोटो अरुको भए कसैको नाममा कसैले पनि मत खसाल्न सक्ने सम्भावना रहेको उनीहरुको भनाई थियो । कुनै परिचय पत्रमा नाम र प्रतिष्ठानको नाम फरक भेटिएको छ भन्ने कुनैमा नाम र फोटो सहितका फरक तथ्य उल्लेख भेटिएपछि गत निर्वाचनको मतगणनामा भएको बिबादको चर्चा चुलिएको छ ।

महासचिवमा उम्मेदवार रहेका अशोक कुमार चौधरीले उम्मेदवार (आफनो) भाईकै परिचय पत्रमा यस्तो देखिएको बताउदै अरु समान्य व्यापारीको परिचय पत्रमा के होला ? भन्दै प्रश्न गरे । उनले निर्वाचन समितिलाई आग्रह गर्दै भने, ‘अलिकती पनि शंका गर्ने ठाँउ भेटेको खण्डमा यसपालि गारहो हुने स्थिती छ, त्यसैले सावधानी र सचेतना आवश्यक छ ।’

एता निर्वाचन समितिले निर्वाचनको लागि सम्पुर्ण तयारी पुरा गरिएको बताउलै सुरक्षित, मर्यादित निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरेको छ । देखिएका त्रुटीहरु मानविय समान्य त्रुटीका क्रममा हुन गएको बताउदै सच्याएर अगाडि बढन तयार रहेको बताए ।

Comment


Related News

Latest News

Trending News