२०८१ भाद्र २८, शुक्रबार १२:२६

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री तथा भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । कांग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशमा मन्त्रिपरिषदको सङ्ख्या १० पुगेको छ ।

यसअघि एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसक्नु भएको छ ।

Comment

Related News

Latest News

Trending News