अपडेट 
२०८१ भाद्र २९, शनिबार ०८:०६

मेयरले आफ्नो छोराको भविष्यलाई ध्यानमा राख्दै सरकारी कर्मचारीलाई निजी बैंकमा खाता सञ्चालनका लागि उर्दी जारी गरेका छन् ।

सरकारी बैंकहरुबाट कर्मचारीहरुको तलब दिने सरकारी नियम विपरीत वीरगञ्ज महानगरपालिकाले उर्दी जारी गरेको छ । समुदायिक विद्यालयका शिक्षकलाई महानगरपालिकाबाट नै तलब खुवाउने जनाउँदै सबै शिक्षकहरुलाई नयाँ खाता खोल्न परिपत्र जारी गरिएको छ । विगतमा विद्यालयका सबै शिक्षकहरुको खाता नेपाल लिमिटेड बैकमा हुँदा हँुदै वीरगञ्ज महानगरपालिकाका अधिकारीहरु पदको दुरुपयोग गर्दै नियम विपरीत बैंकमा नयाँ खाता खोल्न निर्देशन दिएका छन् ।

वीरगञ्ज महानगरपालिकामा रहेका ९१ वटै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीलगायतकालाई निजी नेबिल बैंकमा खाता खोल्न उर्दी जारी गर्न मेयर राजेशमान सिंहले नै लगाएको बताइन्छ । महानगरपालिकाले बुधबार सूचना निकाल्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुलाई आफ्नो तलबी खाता खोलेर विवरण तत्काल २०८१ साल भदौँ ३१ गते भित्र उपलब्ध गराउन भनिएको छ ।

यसअघि वीरगञ्ज महानगरपालिकाले विद्यालयकै खातामा सम्पूर्ण शिक्षकहरूको तलब भत्ता पठाउने गरेकोमा प्रधानाध्यापक तथा लेखापालले नेपाल बैंकमा गएर शिक्षक कर्मचारीहरूको खातामा तलब पठाउने गरेका थिए । तर मेयर सिंहले छोरो अनिशमान श्रेष्ठ काम गर्ने नबिल बैंक रोजे पछि छोरालाई बढुवा गराउने उर्दी जारी गराएको भन्दै आलोचना भइरहेको छ ।

विद्यालयहरुलाई जारी गरिएको पत्रमा ‘महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुको तलब निजहरूको व्यक्तिगत खातामा पठाउने निर्णय अनुसार सबैले नबिल बैंकमा खाता खोली विद्यालयगत रुपमा संकलन गरी आउँदो सोमबार ६ दिन भित्र आर्थिक प्रशासन महाशाखा (शिक्षा) मा बुझाउन अनुरोध छ ।’ उल्लख गरिएको छ । मेयर सिंहको सचिवालयले जारी गरेको सुचनामा ‘विद्यालयमा तलब भत्ता पठाउँदा शिक्षकहरूले समयमै तलब बुझ्न नपाएको र उहाँहरूको दैनिकी पनि असहज भएको महसुस भयो ।’

Comment


Related News

Latest News

Trending News