अपडेट 
२०८१ भाद्र ३१, सोमबार ०७:४४

नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) मधेश प्रदेश तेस्रो कार्यकारिणी समितिको सभापति पदमा मित्र गौरी पण्डितलगायतको प्यानललाई निर्वाचित भएको घोषणा नगरेपछि निर्वाचन समितिमाथि विभिन्न शंका उत्पन्न भएको छ ।

नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) मधेश प्रदेशको निर्वाचन समितिका प्रमुख ई.कृष्णचन्द्र साहले वीरगञ्ज र जनकपुरधाममा भएको निर्वाचन मतगणना परिणाम सार्वजनिक नगर्दा निर्वाचित भएको दाबी गरिरहेका उम्मेदवारहरुले निर्वाचन समितिमाथि प्रश्नसमेत तेस्र्याएका छन् । निर्वाचित भएको दाबी गरेका नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) मधेश प्रदेशका अध्यक्ष गौरी पण्डितले वीरगञ्जको मतगणना स्थलबाट मतभार संख्याको परिणाम आइसकेको र जनकपुरधाममा भएको मतगणनाको परिणामलाई एकै ठाउँमा जोडेर मतपरिणाम सार्वजनिक नगरेर अपारदर्शी ढंगले काम गर्न खोजेको आरोप लगाए ।

त्यस्तै सचिव पदका उम्मेदवार अजिकुमार मण्डलले पनि आफूहरु निर्वाचित भइसके पनि मतपरिणाम सार्वजनिक र निर्वाचित भएको प्रमाणपत्र नदिनुले निर्वाचन समितिको गलत नियत देखिएको आरोप लगाए । निर्वाचन समितिका प्रमुख ई.साहले वीरगञ्ज र जनकपुरधामको मतगणना परिणाम आइसकेकाले सोको परिणाम केन्द्रीय कार्यालयबाट नै सार्वजनिक गरिने जिकिर गरे । तर उनले घुमाउरो पाराले ई. साहले भने, गौरी पण्डितको मतपरिणाममाथि उजुरी परेकाले अहिले मतपरिणाम सार्वजनिक गर्न कठिनाइ उत्पन्न भएको बताए ।

Comment


Related News

Latest News

Trending News