पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा पसलबाट ४८ ग्राम ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको हो । प्रहरीको विशेष टोलीले भारत विहार मोतिहारी आदापुर निवासी विकासकुमार पटेललाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए । उनकाअनुसार हिजो अबेर राति आएको सूचना अनुसार जाँच गर्दा एक सेकुवा पसलमा खाजा खाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।