अपडेट 
२०८१ भाद्र ३१, सोमबार १८:५८

गृह मन्त्रालयले नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ ।

नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ । समितिलाई आउँदो असोज १५ गतेभित्र अध्ययन प्रतिवेदन पेश गर्न समय सीमा दिइएको छ ।

समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ । यस्तै समस्याको समाधानमा विद्यमान कानूनी व्यवस्थाको विश्लेषण तथा समाधानका लागि सुधार गर्नुपर्ने ऐन, नियमावली र कार्यविधिलगायतका विषयमा सुझाव दिन भनिएको छ ।

Comment


Related News

Latest News

Trending News