अपडेट 
२०८१ आश्विन १, मंगलवार ०७:२०

जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी विद्यार्थी युनियन धनुषा गठन गरिएको छ ।

जनकपुरधाममा सोमबार सवियु धनुषाको भएको भेलाबाट राम भगत यादवको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको सवियुका केन्द्रीय सचिव बलिराम कापरले जानकारी दिए । सो समितिको उपाध्यक्षहरुमा रितिक सिंह, कमलेश कुमार यादव, विजय लाल यादव र आशा कुमारी यादव, सचिवमा संस्कार यादव, सह–सचिवहरुमा प्रतिमा कुमारी पाण्डे, मुरली मनोहर राउत, विकास बैठा, विकास कुमार साह सोनार र कोषाध्यक्षमा अनित कुमार मण्डललाई चयन गरिएको उनले बताए ।

त्यस्तै सदस्यहरुमा अनिष कुमार साह, आदित्य कुमार साह, प्रवीण महतो, अकाश सिंह, अमित दास, राम चरण मण्डल, रघुनन्दन यादव, आदर्श कुमार यादव, सञ्जीव यादव, राजन मण्डल, राकेश कुमारी शर्मा, रोहित यादव, मनोज यादव, सोमित साह, ओम कुमार दास, सुभाष यादव, रमेश यादव, किसन यादव, पप्पु यादव, रवीन्द्र कुमार यादवलगायतका सर्वसम्मत रुपमा चयन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News