मुस्लिम समुदायले सोमबार आफ्नो धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मोत्सव सदभाव ¥याली सहित विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । सो अवसरमा राजविराजमा मोहम्मद पैगम्बर जन्मजयन्तीको ब्यानर, राष्ट्रिय र धार्मिक झण्डा तथा बाजागाजा सहित हजारौँको सहभागितमा भब्यता साथ सद्भाव ¥याली निकालेको छ ।
मोहम्मद पैगम्बर जन्मजयन्ती मनाउन सोमवार मधेश प्रदेश सरकारले सार्वजनिक विदा नै दिए पछी मुस्लिम समुदायमा थप उत्साह देखिएको सदभाव ¥यालीका आयोजक मुस्लिम समाज राजविराजका अध्यक्ष तैयव अन्सारीले जानकारी दिए । ¥यालीमा मुस्लिम समुदायका युवा, युृवती, वृद्ध वृद्धा, विभिन्न मदरसाका मौलानाका साथै बालबालिकासमेतको उत्साहजनक सहभागिता रहेको थियो । सदभाव ¥यालीमा हिन्दुधर्मावलम्बीका व्यक्तिहरु पनि उत्साहका साथ सहभागी थिए ।
मुस्लिम समाज राजविराजको अगुवाइमा “इस्लामको सन्देश मानवताको नाममा”नारा सहित नुरीजामा मस्जिदबाट निस्केको सद्भाव ¥याली बजार क्षेत्र परिक्रमा पश्चात पुनः सोही स्थानमा पुगेर धार्मिक सभामा परिणत भएको थियो । सो धार्मिक सभालाई राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीन, मृुस्लिम समाज राजविराजका अध्यक्ष तैयव अन्सारी, मौलाना कैसर रजा, वडा सदस्य रामानान्द देवलगायतले मोहम्मद पैगम्बरको मानवताका लागी निर्देशित सन्देश तथा हिन्दु–मुस्लिम बीचको आपसी भाईचारा र धार्मीक सहिष्णुताको सन्देश गाउँ/गाउँ सम्म पु¥याउनु पर्नेमा वक्ताहरुले जोड दिए ।
सो अवसरमा मुस्लिम समुदायले गरिब, असहायलाई लत्ताकपडा, खाद्यान्न, फलफुल वितरणका साथै मिलाज, फतिया, कुरयानखानी लगायतका धार्मिक कार्यक्रम समेत आयोजना गरेको मुस्लिम अगुवा राजविराज ४ निवासी पैmयाज अन्सारीले बताए ।