२०८१ आश्विन १, मंगलवार १२:३३

कर्मचारी संचय कोषको जनकपुरधाममा रहेको शाखा कार्यालयले मधेश प्रदेशका संचयकर्तालाई भरपर्दो सेवाप्रदान गरेपछि संचयकर्ताहरु लाभान्वित भएका छन् । मधेश प्रदेशको राजधानीबाट नै सेवा पाउन थालेपछि संचयकर्ताहरुले सहज तरिकाले पाइरहेका कारणले धेरै संचयकर्ताहरु कोषको सेवावाट लाभान्वित भएका छन् ।

आर्थिक वर्ष ०८०/०८१ म २ हजार ४ सय ५८ सेवा निवृत्त भएपछि संचयकर्तालाई ४४ करोड २७ लाख रकम भुक्तानी गरेको जनकपुर शाखा कार्यालयका प्रमुख रामप्रसाद लामिछानेले कोषको ६३ औँ वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा सोमबार आयोजना गरिएको बताए । यसका साथै सोही अवधिमा ३ हजार ६६ सञ्चयकर्तालाई विशेष सापटी वापत ९४ करोड ८ लाख भुक्तानी गर्नुका साथै १ हजार ६ सय २२ संचयकर्तालाई सुत्केरी तथा शिशु हेरचाह खर्च वापत १ करोड २० लाख रकम भुक्तानी दिएको शाखा प्रमुख लामिछानेले जानकारी दिए ।

त्यस्तै ३५ जना संचयकर्तालाई काज क्रिया खर्च भुक्तानीवापत १४ लाख, ५ जनालाई दुर्घटना क्षति भुक्तानी वापत २५ हजारको दरले १० लाख, १७ जना संचयकर्तालाई स्वास्थ्य उपचार खर्च वापत २ लाख ८८ हजार र ५० जनालाई धितोमा आधारित सापटी लगानी वापत ७ करोड ५१ लाख रकम भुक्तानी गरेको कार्यालयले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका निमित प्रमुख सचिव राजन नेपालले कर्मचारी संचय कोषले संचयकर्ताका लागि ल्याएका कतिपय योजनाहरु राम्रो भएको बताउँदै आगामी दिनमा थप सेवा विस्तार गरेर व्याजको दर बढाउनुका साटो सेवाको दर विस्तार गरेको खण्डमा सञ्चय कोषको मुनाफा बढ्ने भएकाले यस तर्फ ध्यान दिनका लागि सुझाव दिए ।

मधेश प्रदेशका अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीले संचयकर्ताहरुका लागि ल्याएको सामाजिक सुरक्षाको कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्दै जान आवश्यक भएको बताउँदै संचयकर्ताको लगानी सही ठाउँमा गर्नका लागि सुझाव दिए ।

Comment


Related News

Latest News

Trending News