अपडेट 
२०८१ आश्विन ४, शुक्रबार १८:५०

नेपालको प्राविधिक क्षेत्रलाई एक नयाँ उचाइमा पुर्याउन, पहिलो पटक जनकपुरमा Neelgai को आयोजनामा JANAKPUR TECH BOOTCAMP को आयोजना हुँदैछ। जम्मा तीन महिनासम्म (सेप्टेम्बर २६ – डिसेम्बर २३ )चल्ने उक्त BOOTCAMP मा Web Development र Data Science को क्षेत्रमा गहिरो ज्ञान र व्यावहारिक अनुभव प्रदान गरिने जनाइएको छ ।
विशेष गरी नेपालका प्राविधिक क्षेत्रमा रुचि राख्ने युवाहरूलाई लक्षित गरिएको यस बुटक्याम्पले नेपाली डेभलपरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ। कम्प्युटर साइन्स, सूचना प्रविधि (आईटी) र अन्य प्राविधिक क्षेत्रमा स्नातक गरेका विद्यार्थीहरू, प्राविधिक सीपहरू सुधार्न चाहनेहरू, र वेब विकास तथा डेटा साइन्समा करियर बनाउन चाहने नवप्रवेशीहरूका लागि यो कार्यक्रम एक महत्वपूर्ण अवसरको रुपमा रहेको छ ।
कार्यक्रममा सहभागीहरूले HTML, CSS, JavaScript, React, Python, Data Analysis, र Machine Learning जस्ता विषयमा थप ज्ञान प्राप्त गर्नेछन ।बुटक्याम्पले सहभागीलाइ व्यावहारिक परियोजनामा काम गर्ने अवसर प्रदान गर्दै उनीहरूलाई वास्तविक उद्योग चुनौतीहरूको समाधान गर्न मद्दत गर्नेछ। साथै, अन्तर्राष्ट्रिय स्तरका प्राविधिक रोजगारीहरूका लागि तयारी गराउने यस बुटक्याम्पले नेपाली प्रतिभाहरूलाई विश्व बजारमा अवसरहरू खोज्न प्रेरित गर्नेछ।
बुटक्याम्पको विशेष आकर्षण भनेको महिलाहरूका लागि निःशुल्क सहभागीता हो। साथै, बुटक्याम्पमा ‘Women in Tech’ नामक विशेष प्यानल छलफलको पनि आयोजना गरिनेछ। यो प्यानल विशेष रूपमा महिलाहरूका लागि केन्द्रित भए पनि सबै सहभागीहरूका लागि खुला रहनेछ। यसमा आईटी तथा प्राविधिक क्षेत्रमा क्रियाशील महिलाहरूले आफ्नो अनुभव र योगदानलाई प्रस्तुत गर्नेछन्, जसले प्राविधिक क्षेत्रमा लैङ्गिक समानतालाई प्रोत्साहन गर्नेछ।
साथै, बुटक्याम्पले विश्वव्यापी प्रविधि क्षेत्रमा काम गरिरहेका ठूला कम्पनीहरूका विज्ञहरूसँग भर्चुअल छलफल तथा कार्यशालाहरूको पनि आयोजना गर्दैछ। Google, Microsoft, Oracle, Meta, Netflix, र AirBnB जस्ता कम्पनीहरूका वक्ताहरूले प्राविधिक क्षेत्रमा आफ्नो अनुभव र सिकाइहरू सहभागीहरूसँग बाँड्नेछन्। यी भर्चुअल सत्रहरू बुटक्याम्पमा सहभागी नभएका जनताको लागि पनि खुला रहनेछन्। इच्छुक सबैले सहभागी भएर प्रविधिका दिग्गजहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्छन्।
कार्यक्रम सेप्टेम्बर २६ देखि डिसेम्बर २३ सम्म सञ्चालन हुनेछ। सहभागीता लिन चाहनेहरूले Neelgai Tech Bootcamp को आधिकारिक वेबसाइट www.neelgai.com/bootcamp मा गएर दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रिया सहज बनाउन, QR कोड समेत उपलब्ध गराइएको छ।
यो कार्यक्रम जनकपुरको मात्र नभई सम्पूर्ण नेपालको प्राविधिक भविष्यलाई नयाँ उचाइमा पुर्याउने महत्त्वपूर्ण प्रयास हुनेछ। Neelgai को जनकपुर टेक बुटक्याम्पको यो पहलबारे थप जानकारीका लागि www.neelgai.com/bootcamp मा जानुहोस्।”

Comment


Related News

Latest News

Trending News