अपडेट 
२०८१ आश्विन ५, शनिबार ०७:४४

जनकपुरधाममा प्रिमियम चाइनिज ब्रान्ड बिवाईडीका विद्युतीय कारको बिक्री सुरु भएको छ ।

रामजानकी औटो ट्रेडर्स जनकपुरधामले जनकपुरधाममा शो रुम स्थापना गरेर सो कारको बिक्री–वितरण सुरु गरेको हो । सो शोरुमको उदघाटन जनकपुरधाम उद्योगा वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले रिबन काटेर गरेका छन् ।

बीवाइडीका गाडी वातावरण मैत्री रहेकाले अत्यधिक रुचाइएकाले यहाँ शोरुमको स्थापना गरेको रामजानकी ट्रेडर्स जनकपुरधामका संचालक छोटेलाल साहले बताए । विद्युतीय गाडी चलाउन पनि सहज, खर्च पनि कम र यात्रा पनि आरामदायी हुने उनले बताए । आवश्यक्ता अनुसार चार्ज गरेर चलाउन सकिने र एक पटक फूल चार्ज भएमा ४ सयदेखि ५ सय २० किलोमिटरसम्मको यात्रा सहज रुपमा गर्न सकिने उनले जानकारी दिए । शोरुमको उदघाटन कार्यक्रममा बीवाइडीको एटो ३ २०२४ गाडी लञ्च समेत गरिएको थियो ।

शोरुमको उदघाटन कार्यक्रममा बीवाइडीको नेपालकालागि आधकारिक बिक्रेता साइमेक्स इन प्रालिका अनिल श्रेष्ठ, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु शिवशंकर साह हिरा, ललित साह लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News