अपडेट 
२०८१ आश्विन ६, आईतवार १४:३२

धनुषा जिल्लामा चालु आर्थिक वर्षको दुई महिनामा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा १ र भदौ महिनामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको धनुषा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा धनुषा जिल्लाभरिमा सवारी दुर्घटनामा परेर ७४ जनाको मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी मिथिला नगरपालिकामा १९ जना,जनकपुरधाम उपमहानगरपालिकामा ११ जना, धनुषाधाम नगरपालिकामा ११ जना, लक्ष्मिनिया गाउँपालिकामा ६ जना, सबैला नगरपालिकामा ५ जना, विदेह नगरपालिकामा ५ जना, क्षिरेश्वरनाथ नगरपालिकामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाभरिमा यसअघि आर्थिक वर्ष २०७९/०८०मा ८४ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय जनकपुरधामका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । धनुषामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दिनदिनै घटिरहेको ओलीले बताए ।

‘पछिल्लो समय जनचेतना कार्यक्रम तीव्र बनाएका छौँ’, ओलीले भने, ‘जनचेतनाका कार्यक्रमहरू प्रभावकारी सावित भएको छ, यो हाम्रा लागि सुखद संकेत हो ।’

Comment


Related News

Latest News

Trending News