२०८१ आश्विन ७, सोमबार १३:३०

जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका थुनुवामध्ये अहिलेसम्म ४ जना पक्राउ परेका छन् ।

सोमबार बिहान भेन्टिलेसन फोडेर फरार भएका ९ जनामध्ये एक जना फरार भएको केही बेरमै समातिएकोमा धनुषा प्रहरीले थप ३ जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेहरुमा रोशन मण्डल, विक्की कार्की, अभास्कर कुमार यादव र सत्यम झा रहेका छन् । सत्यम झा भने विहान जनकपुरधामकै जनक चोकबाट पक्राउ परेका थिए भने बाँकी तीनजनालाई औरहीस्थित महिनाथपुर बोर्डर नजिकबाट पक्राउ गरिएको जनाइएको छ ।



फरार रहेका अन्य थुनुवाहरुको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News