२०८१ आश्विन ७, सोमबार १६:३२

सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप भएको छ।

सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न समय दिइएको छ।

जोशीलाई सोमबार मध्याह्न १२ बजेतिर अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाले जानकारी दिए।

जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई आइतबार साँझ पोखरा लगिएको थियो।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।

विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत आएको ठहर समितिको थियो।

समितिले जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ।

Comment


Related News

Latest News

Trending News