२०८१ आश्विन ८, मंगलवार १४:४७

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय विभागहरू गठन गरेको छ।

हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधानको धारा ९७ (२) अनुसार १७ विभाग गठन गरिएको महासचिव लालबाबु राउतले पार्टी पङ्क्तिलाई परिपत्र गरेका छन्।विभागहरूले पार्टीको विधान अनुसार तोकिएको क्षेत्राधिकार भित्र रही आ-आफ्नो काम, कर्तव्य र अधिकार बमोजिम कार्यहरू सम्पादन गर्ने निर्देशन दिइएको छ।

जसपा, नेपाल आधारभूत सङ्गठन निर्माण अभियान सफल बनाउन प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्न र सो को प्रतिवेदन तयार गरी प्रस्तुत गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई जिम्मेवारी दिएको छ।

Comment

Related News

Latest News

Trending News