अपडेट 
२०८१ आश्विन १०, बिहीबार ०७:३४

जनमत पार्टीबाट मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री सतीशकुमार सिंहले आफ्नो सय दिने उपलब्धिमा जनप्रिय कार्यक्रम गरेको देखाउन सकेनन् । प्रदेश सरकारको सय दिनको अवसरमा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री सिंहले मल वितरण गरेको, ऐन बनाएको, संसदीय विकास क्षेत्रमा विकास योजनाहरु पठाएको उपलब्धी गनाए ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा जटिलता आउन नदिने चुनौतीसँगै आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, विनियोजन विधेयक तयार गर्ने तथा पारित गराउने काम निर्धारित समयमा कुशलतापूर्वक सम्पन्न गरेको मुख्यमन्त्री सिंहले बताए । संरचनागत र व्यवस्थापकीय कठिनाइ, कर्मचारी व्यवस्थापन, मानव संसाधन क्षमता एवं अनुभवको कमी, न्यून आर्थिक स्रोत आदिका कारण प्रदेश सरकारका कतिपय जिम्मेवारी प्रक्रियागत कारणले अलमलमा पर्ने गरेको स्वीकार गर्दै उनले सिकाइ र अनुभवका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

जनमत पार्टीले विगतमा किसानका लागि गरेको आन्दोलनका मुद्दाहरुलाई मुख्यमन्त्री सिंह सरकारको नेतृत्वगर्दा समेट्न सकेको छैन । १ लाख ५० हजार मेट्रिक टन रासायनिक मलको समयमै वितरण गरिएको, भेटेरीनरी सेवा र मत्स्य उत्पादनमा समेत महत्त्वपूर्ण योगदान पु¥याइपछि ५० हजारभन्दा बढी किसान लाभान्वित भएको उनले दाबी गरे । तर यस वर्ष देशैभर रसायनिक मलको समस्या थिएन । रसायनिक मल प्रदेश सरकारले न भै संघीय सय दिनमा प्रदेशको आर्थिक, सामाजिक, खेलकुद, शिक्षा, कृषि, स्वास्थ्य र श्रम बजार जस्ता क्षेत्रमा सुधार भएको उनले दाबी गरे । मधेश सरकारले श्रम बजार सुधारका लागि दुई सय कम्पनीलाई लक्षित गरी व्यापक सर्वेक्षण गरेको र बेरोजगार जनशक्तिलाई आवश्यक तालिम दिएर रोजगारी सिर्जना गर्न पहल थालेको जनाएको छ ।

मधेश प्रदेशमा रोजगारीको अवसर सृजना गर्ने कार्यक्रमको उद्घाटन लालबाबु राउत मुख्यमन्त्री रहेकै बेला वीरगञ्जबाट भएको थियो । त्यो अझै केही वर्ष जारी नै रहने छ । त्यस कार्यक्रममा विदेशी दातृ निकायहरुले फण्डिंग गरेका छन् । यातायात क्षेत्रमा सुधार, सवारीचालक अनुमतिपत्र समस्याहरू समाधान गरेको, सवारी साधन अभिलेखको डिजिटलाइजेसनले सेवा छरितो र प्रभावकारी भएको पनि मधेश सरकारले आफ्नो उपलब्धिमा उल्लेख गरेको छ ।

कमला नदीमा उकास भएको १५ हजार बिघा जमिनलाई कृषिमा उपयोग गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी भइरहेको मुख्यमन्त्री सिंहले बताए । तर त्यो कार्य रामचन्द्र झाको अग्रसरतामा संघीय सरकारको कृषी मन्त्री घनश्याम भुषाल रहेको बेला थालनी भएको थियो । उकास्एिको जमिनमा माछा पोखरी, रिर्सोट खोल्ने लगायतका कार्यहरु गरी पर्यटन क्षेत्रको रुपमा विकसित गर्ने योजना बनाइएको थियो । त्यसका लागि किसानहरुसित जग्गाको लगत संकलनपनि जनकनन्दनी गाउँपालिका र कमला नगरपालिकामा भएको थियो ।

प्रदेश सरकारले व्यापार व्यवसाय सम्बन्धी विधेयक, २०८० पेश गर्ने तयारी गरेको र बजार अनुगमन निर्देशिका निर्माण गरी उपभोक्ता हितलाई सुनिश्चित गर्दै घरेलु तथा साना उद्योगलाई प्रोत्साहन दिन सीप विकास तालिम सञ्चालन गरिएको छ । सिमेन्ट उद्योगहरूको कर अनुगमन गर्दै राजस्व वृद्धि गर्ने योजना अघि सारिएको उपलब्धिमा समावेश गरिएको छ ।

भौतिक पूर्वाधार तर्फ एक निर्वाचन क्षेत्र एक पक्की पुल निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाइएको उपलब्धिमा छ । तर संवैधानिक अस्पष्टताका कारण प्रदेशको कामकाज प्रभावित भएको दाबी गरेका छन् । बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले काम गर्न चाहँदा चाहँदै पनि संवैधानिक र कानूनी अष्पष्टताका कारण काम गर्न सक्ने अवस्था नरहेको बताए । ’संवैधानिक अस्पष्टता, सङ्घीय कानुन निर्माण नहुनु तथा विद्यमान कानुन कार्यान्वयनका समस्या र अत्यावश्यक विषयमा प्रादेशिक कानुनसमेतको अभावले प्रदेश सरकारका काम प्रभावित भइरहेको छ,’ उनले भने, ’तैपनि प्रदेशको प्रशासकीय सुधार, सुशासनको प्रत्याभूति, समृद्धि, सन्तुलित एवम् आत्मनिर्भर मधेसका लागि तीव्र र परिणाममुखी काममा जोड दिएको छु ।’

Comment


Related News

Latest News

Trending News