२०८१ आश्विन १०, बिहीबार १३:४५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुर–जयनगर रेल्वेको घाटा कम गर्ने गरि पूर्वाधारको निर्माण तथा कार्गो रेल सञ्चालनको तयारीमा सरकार रहेको बताउनु भएको छ ।

यातायातमन्त्री दाहालले जनकपुर–जयनगर रेलको अवस्थाको बारेमा महोत्तरीको बर्दिबास, धनुषा जिल्लाको कुर्था रेल्वे स्टेशनको स्थलगत अनुगमन गरेपछि जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा रेल्वे वास गर्ने सेन्टरको निर्माण गर्ने काम अन्तिम चरणमा भएकाले वास यही भएपछि भारत पठाउनु पर्ने बाध्यताको अन्त्य हुने र त्यसमा लाग्ने खर्चमा बचत हुने बताउनु भयो ।

उहाँले भारतको अयोध्या–जनकपुर रेल सेवा सञ्चालन गर्ने भारत सरकारको घोषित कार्यक्रम भएकाले यसबाट दुई देशको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुहुँदै यस विषयमा दुई देशका प्रधानमन्त्रीहरूको भेटघाटका क्रममा कुरा भएको हुनु पर्ने धारणा राख्नु भयो ।

Comment


Related News

Latest News

Trending News