अपडेट 
२०८१ आश्विन १२, शनिबार ०७:११

मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह कानुनको दायरा भन्दा बाहिर रहेको साबित गर्न थालेका छन् ।

किर्ते जन्मदर्ता बनाएर नक्कली पिता भइ किर्ते नागरिकता र राहदानी समेत बनाउँदा कारबाहीको दायरामा नआएका मेयर सिंहले महानगरमा हुने खरिदमा समेत भारी अनियमितता गरिरहेका छन् । मेयर सिंहले महानगरको प्रमुख भारत प्रवेशद्वार लगायतका केही स्थानमा नेपालको राष्ट्रिय झण्डा लगाएका छन् । तर ३–४ हजार अधिकतम् मूल्य पर्ने सो झण्डाहरुको महानगरपालिकामा ३५ हजारको दरले बिल पेश गरी भुक्तानी लिइएको छ ।

मेयर सिंहको आफ्न्तको नाममा रहेको फर्मले सप्लाइ गरेको झण्डाको मूल्य ३५ हजार राखेर बिल बनाइएको छ । घाम र पानी लाग्ने खुल्ला स्थलमा राखिएको झण्डा वर्षमा २–३ पटक सम्म फेर्नुपर्ने हुन्छ ।तर हरेक पटक राष्ट्रिय ध्वजा फेरिदा ३५ हजार प्रति ध्वजाको बिल बनाइने गरिन्छ । महानगरका मेयर सिंहले राष्ट्र–राष्ट्रियतामाथि प्रहार गरेको भन्दै सचेत नागरिकले मुद्दा नै दर्ता गराएका छन् ।

राष्ट्रियताको शान र मुलुकको पहिचानको रुपमा रहेको रष्ट्रिय झन्डा समेतमा भ्रष्टाचार र अनिमितता गरेको भन्दै उनीमाथि मुद्दा दर्ता भएको हो । वीरगञ्ज महानगरपालिकाद्वारा राष्ट्रियझण्डा फेर्नमा समेत भ्रष्टाचार गरेको भन्दै वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह सहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरिएको छ ।

मुलुकको आर्थिक नगर र प्रमुख प्रवेशद्वारको रुपमा रहेको वीरगञ्जको शंकराचार्यद्वार अगाडि लगाइने नेपालको झण्डामा समेत मेयर सिंहका आफन्तजनको नाममा रहेको व्यवसायिक फर्मले अनियमितता गरेको आरोप सहित मेयर लगाायत ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरिएको छ ।

बर्तमान बजारको मूल्य भाउ अनुसार खुद्रामै ३ देखि ४ हजारसम्ममा तयार हुने झण्डा एकैपटक ३५ हजारसम्मको बिल बनाएर २ वटा झण्डा खरिद आदेश दिएर ३१ हजारका दरले तीनवटाको झण्डामा खरिद मूल्यबाहेक ९३ हजार रुपैयाँ १ पटकमा भ्रष्टाचार गरेको पाइएको उजुरीकर्ताको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको उजुरीमा १ वर्षमा कम्तीमा २७ वटा बढी झण्डा फेर्दा ८ लाख ३७ हजार रूपैयाँसम्म भ्रष्टाचार गरिएको आरोप लगाइएको छ ।

सरकारी ओहदामा बस्ने स्थानिय जनप्रतिनिधिबाट नै राष्ट्र–राष्ट्रियतासंग ठुलो घात गर्दै राष्ट्रिय झण्डा खरिद समेतमा वीरगञ्ज महानगरबाट भ्रष्टाचार गरिएको भन्दै केही समय अगाडि स्थानीय संचारमाध्यमहरुबाट समाचार प्रकाशन भएको थियो । वीरगञ्ज महानगरबाट भएको भ्रष्टाचारको विरोधमा दर्ता भएको उजुरी नम्बर सि ०२०१९१ रहेको जनाइएको छ ।

अख्तियारमा दर्ता गराइएको उजुरीमा मेयर राजेशमान सिंहले वीरगञ्ज महानगरपालिका भित्र हुने गरेका भ्रष्टाचारलाई संस्थागत गरी विभिन्न लाभ लिएका प्रमाण सहित उजुरी दर्ता गरिएको निवेदकको कथन छ । मेयर सिंहका आफन्तहरूको विभिन्न फर्म रहेकोमा प्राप्त भएको प्रमाणमा मेयर सिंहका बहिनी ज्वाइँ राजेश थापा र शोभा थापा सञ्चालक रहेको एस एण्ड जी सप्लायर्सले गतवर्ष देखि नै झण्डा फेर्दै आएका छन् ।

एस.एण्ड जी सप्लायर्सले २०८० भदौ १८ गते एकैदिन र विभिन्न मिति र समयमा २–२ वटा झण्डा खरिद आदेश कसरि पाए ? नियमले एक लाख भन्दा बढीको समान खरिद गर्दा तीन तीनवटा फर्मको कोटेशन लिनुपर्ने सरकारी प्रावधान समेतलाई लत्याउदै मौखिक आदेशमा मेयर सिंहका बहिनी ज्वाइँलाई १ लाख ५ हजारको झण्डा खरिदमा ठाडो खरिद आदेश जारी गरिएको छ ।

यति मात्र होइन २ वटा झण्डा ७० हजार र अर्को १ वटा झण्डाका लागि ३५ हजारको खरिद आदेश दिएको बारे जानकारी लिन खोज्दा कर्मचारी देखि हाकिमसम्म तै चुप, मै चुपको अवस्था छ ।यस घटनाबारे महानगर प्रमुख सिंहको सचिवालय पनि मौन रहँदै आएको छ । भ्रष्टाचार निवारण ऐन २०५९, तथा सम्पत्ति शुद्धिकरण ऐन २०६४ बमोजिम आवश्यक कारबाही गर्न उजुरी दिइएको उजुरीकर्ता संस्थानका राजकुमार तिमल्सेनाले जनाए ।

झण्डा खरिद गर्न मेयर राजेशमान सिंहका आफन्त पर्नेले पान नम्बर ६१८७८७८८९ रहेको एस एण्ड जी सप्लायर्सका लागि जिन्सी प्रमुख, शाखा प्रमुख र कार्यालय प्रमुखको आदेशले ७ दिन भित्र खरिद गर्न आदेश दिएको छ । एक वर्षमा मात्र २७वटा भन्दा बढी झण्डा फेरेको बिल बनाएर मेयर राजेशमान सिंहका आफन्तजनले ८ लाख ३७हजार रुपैयाँ सम्मको भुक्तानी लिएको महानगरका एकजना कर्मचारीले बताए ।

शंकराचार्यद्धार बाहेक वीरगञ्ज १४ स्थित शहीद तेजबहादुर अमात्यको शालिक परिसरमा पनि राष्ट्रिय झण्डा लगाइएको छ । झण्डा १६ फिटको उचाइमा रहेको महानगरले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News