अपडेट 
२०८१ आश्विन १२, शनिबार ०७:१३

धनुषा जिल्लालाई कार्यक्षेत्र बनाएर वकालत गरिरहेका ६ जना कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।

नेपाल वार एशोसिएशन जनकपुरधामका अध्यक्ष समेत रहेका अधिवक्ता बलराम सुवेदी, रामनेक साह, प्रकाश कुमार घिमिरे, शिव कुमार सिंह, उमेश पजियार र मुकेश कुमार कार्की वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । लामो समयदेखि वकालतगर्दै आएका अधिवक्ताहरुले वरिष्ठको उपाधि पाएपछि शुक्रवार दिनभरि नै वारमा बधाइ चलेको थियो ।

जिल्ला र उच्च अदालतमा निरन्तर वहस पैरवी गर्नमा सक्रिय कानुन व्यवसायीहरुले समाजिक क्षेत्रमा पनि उत्तिकै भूमिका निर्वाह गरिरहेका छन् । सर्वोच्च अदालतको फुलकोर्टले वरिष्ठ अधिवक्ताको उपाधि सम्बन्धी निर्णय गर्छ । विहीवार सर्वोच्चले देशको १ सय ५९ जना अधिवक्तालाई वरिष्ठको उपाधि दिने निर्णय गरेको थियो । त्यस मध्ये धनुषा जिल्लाका मात्र ६ जना अधिवक्ताहरु वरिष्ठ अधिवक्ता भएका छन् ।

कानुन व्यवसायमा वरिष्ठ अधिवक्ता नै सर्वोच्च उपाधि हो ।

Comment


Related News

Latest News

Trending News