२०८१ आश्विन १२, शनिबार १५:३६

अहिले देशको कोशी, मधेश बाग्मती र गण्डकी प्रदेशका सबैजसो ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुसहित भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँमा मुसलधारे वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा बाग्मती प्रदेशका जिल्लाहरूमा धेरै पानी परेको छ । यस्तै कोशी, मधेश गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा पनि अत्याधिक वर्षा भएको छ । पछिल्लो १२ घण्टामा काभ्रेको पनौतीमा एक सय ४१ मिलमिटर, मण्डनमा १०४ मिलिमिटर, ललितपुरको गोदावरीमा एक सय ४३ र खुमलटारमा एक सय २८ मिलिमिटर वर्षा भएको छ ।

काठमाण्डौ उपत्यकाका सबैजसो केन्द्रहरुमा १२ घण्टामा एक सय मिलिमिटर आसपास वर्षा भएको छ । यस्तै १२ घण्टामा इलामको राकेमा एक सय ३८ मिलिमिटर, धनकुटाको मूलघाटमा एक सय २२ मिलिमिटर, बाराको कोल्भीमा एक सय २२ मिलिमिटर, चितवनको कल्याणपूरमा एक सय २२ मिलिमिटर, काली खोलामा एक सय ४४ मिलिमिटर, रूपन्देहीमा एक सय दुई मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिनभर वर्षा हुने र बेलुकीपखदेखि कम हुने जनाएको छ । पछिल्लो एक घण्टामा कोशी प्रदशेको झापा, मोरङ, धनकुटा, तेह्रथुम लगायतका जिल्लामा ठूलो पानी परिरहेको छ । काठमाण्डौ उपत्यका सहित बाँकी भुभागमा भने पछिल्लो १२ घण्टामा वर्षा कम भएको छ ।

Comment

Related News

Latest News

Trending News