२०८१ आश्विन १३, आईतवार १५:०२
जनता समाजवादी पार्टी (जसपा) नेपालले बाढी–पहिरो पीडितको राहत तथा उद्धारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
राज्यले सबै सुरक्षा निकायको परिचालन गरी आवश्यक सम्पूर्ण शक्तिका साथ उद्धार एवं राहत कार्यमा जुट्न जसपा नेपालले माग गरेको छ ।
अविरल वर्षा पश्चात् देशका अधिकांश ठाउँमा आएको बाढी, पहिरो र डुबानका कारण एक सय जनाभन्दा बढीको मृत्यु तथा सयौँ बेपत्ता हुनुका साथै भौतिक संरचनाहरूमा ठुलो क्षति भएको विज्ञप्तिमा उल्लेख छ ।

