२०८१ आश्विन १४, सोमबार ०७:४८

लगातार तीन दिन देखि परेको अविरल वर्षा बाढीको कारण सिरहा, धनुषा र महोत्तरीमा व्यापक क्षति भएको छ । धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीमा आएको बाढीका कारण सिरहा र धनुषामा व्यापक क्षति भएको छ ।

अविरल वर्षाले धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीले विभिन्न स्थानमा क्षति पु¥याएको कमला नदी नियन्त्रण आयोजना धनुषाले जनाएको छ । धनुषाको कमला नगरपालिकाको हरिणेस्थित कमला नदीको ग्यावियन जालीको वाल भत्किनुको साथै आरसिसि वालसमेत भत्किएको जनाइएको छ ।

त्यस्तै कमला नगरपालिकाको हथमुन्डामा कमला नदी छेउमै निर्माण गरिएको बाँधको माथिल्लो भागमा क्षति भएको छ भने सोही नगरपालिकाको वडा नम्बर ५ स्थित लक्कडदेखि फूलबरियासम्मको बाटो कटान भएको कमला नदी नियन्त्रण आयोजना धनुषाले जनाएको छ ।

त्यस्तै कमला नदीमा आएको बाढीको कारण सबैला नगरपालिका वडा नम्बर ४ स्थित पटेर्वादेखि सबैला नगरपालिका– १३ स्थित ढोलबज्जासम्मको नदीले कटान गरेको छ । त्यस्तै सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ स्थित भेडिया–भोक्राहामा तटबन्ध नजिक कटान गरेको छ ।

त्यस्तै कल्याणपुर नगरपालिका वडा नम्बर ५ स्थित चिकना–निर्दना स्थित तटबन्ध नजिकको कटान गरेको छ । भने चत्तरीमा तटबन्ध नजिक कटान गरेको छ ।

त्यस्तै बाढीले सिरहा नगरपालिका– ५ स्थित मानपुरमा स्परको लन्चिंग तथा आरसिसि पाइल बगाएको छ । सिरहा– १७ स्थित पटेर्वादेखि कल्याणपुर नगरपालिका– ७ स्थित भेडिया सम्मसमेत बाढीका कारण बाटो कटान गरेको जनाइएको छ । सिन्धुलीको दुधौली नगरपालिका– २ स्थित ज्यूदाही फाँटमा माटोको बाँध कटान गरेको छ भने दुधौली नगरपालिका ९ स्थित जीतपुर टाडीमा तटबन्ध नजिक कटानले व्यापक क्षति भएको आयोजनाले जनाएको छ ।

त्यसैगरि महोत्तरीको रातो नदीमा आएको भिषण बाढीका कारण भंगहा नगरपालिका वडा नम्बर ६ स्थित हतिसर्वा नजिक रहेको नदीको तटबन्ध भत्केको छ । सो तटबन्ध भत्किँदा बाढी गाउँतर्फ पसेको छ । त्यसैगरी तटबन्ध बनाउन बाँकी रहेको हतिसर्वा, वनचौरीलगायत जिल्लाका विभिन्न स्थानहरुमा निर्माण गरिएका तटबन्धसमेत भत्केको छ । सो बाढी गाउँतर्फ जाँदा ठूलो जनधनको क्षति भएको हुन भएकोले सम्बन्धित निकाय जनताको तटबन्ध कार्यालय महोत्तरीले सोको रोकथाम गर्दा जनतालाई राहत भएको छ ।

Comment


Related News

Latest News

Trending News