अपडेट 
२०८१ आश्विन १४, सोमबार १८:५७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावकारी ढंगले उद्धार, राहत र पुनःनिर्माणका काम अगाडि बढ्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन बिमानस्थलमा आयोजित पत्रकार सम्मेलन ओलीले प्राकृतिक विपद्पछिको उद्धार, राहतको काम छिटै सुरु भएको भन्दै अवको उद्धार, राहत र पुनःनिर्माणका काम अगाडि बढाउने बताउनुभएको हो ।

उहाले उद्दारका नाममा सरकारको विरोध गर्नुभन्दा सवै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । विपद्का बेला सरकारको भूमिका ठीक भएन भन्नु विरोधका लागि विरोधमात्रै भएको उहाको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकार जनताकै भएकाले विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने जिकिर गर्नुभयो । उहाले संयुक्त राष्ट्र संघको महासभामा जलवायु परिवर्तनले नेपालमा पुराएको असरका बिषयमा स्पष्ट रुपमा विश्वमाझ जानकारी गराइएको बताउनुभयो ।

त्यसअघि प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री द्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो ।

 

Comment


Related News

Latest News

Trending News