
भगवान रामको जन्मभूमी भारतको उत्तरप्रदेश राज्यकी राजपालगभर्नर आनन्दीवेन पटेलको मंगलवार देखि हुने दुई दिने जनकपुरधाम भ्रमणको कार्यक्रम रद्द भएको छ ।
उत्तर प्रदेशको अयोध्या र मधेश प्रदेशको जनकपुरधामबीच त्रेतायुगकालिन सम्बन्ध रहेको छ ।भगवान राम र सीताको विवाह भएदेखि नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध स्थापित भएको हो । राजपाल पटेल धार्मिक भ्रमणको क्रममा मंगलवार दिउँसो जनकपुरधाम आउने कार्यक्रम थियो ।उत्तरप्रदेशको लखनउबाट हवाईमार्ग भएर भारत बिहारको दरभंगा आउने कार्यक्रम थियो ।त्यहाँबाट उनी राजमार्ग भएर जनकपुरधाम आउने कार्यक्रम निर्धारण गरिएको थियो ।
राजपाललाई स्वागत गर्न र दुई दिन सम्मको कार्यक्रम मिलाउन भारतीय राजदूतावास, भारतको महावाणिज्य दूतावास वीरगञ्जका अधिकारीहरु जनकपुरधाम आइपुगेका थिए ।राजपाल पटेललाई मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह लगायत सुरक्षा अधिकारीहरु, राजनीतिकर्मी, भारतीय राजदूतावासका अधिकारीहरुले नेपालको जटही बोर्डरमा स्वागत गर्ने कार्यक्रम निर्धारण गरिएको थियो ।माता सीताको पावन जन्मस्थलीको धार्मिक भ्रमणमा उनी आउन लागेकी थिइन् ।
महामहिम राजपालको भ्रमण रद्द भएको सुचना अबरे राती प्राप्त भएको छ उनले भने, स्वास्थ्यमा समस्या देखिएकै कारण उहाँ आउन सक्ने अवस्था भएन् ।राजपाल पटेल ८५ वर्षकी हुन् । दरभंगावाट जनकपुरधामको ८० किलोमिटर लामो यात्रा उनी राजमार्गबाट गर्ने छन् ।दुई दिन लामो उनको कार्यक्रममा धार्मिक स्थलहरु नै प्राथमिकतामा थियो ।
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले जनाए अनुसार राजपाल पटेल भारतको राजधानी नयाँदिल्लीबाट आइतवार लखनउ कार्यक्षेत्र आएकी पटेलको स्वास्थ्यमा सोमवार समस्या देखिएकाले भ्रमण रद्द गरिएको हो । राजपाल पटेलले मंगलवार जानकी मन्दिरमा दर्शन पुजा र गंगासागर , धनुषसागरको अवलोकन गर्ने कार्यक्रम थियो । बुधवार बिहान धनुषाधाम र मणिमण्डपको दर्शन अवलोकनगरि जलेश्वर भिठ्ठामोड राजमार्गबाट स्वदेश फर्किने कार्यक्रम रहेको थियो ।
भारतको राष्ट्र्यि राजनीतिमा अत्यन्त प्रभावशाली मानिने पटेल भारतको गुजरात प्रदेशकी पहिलो महिला मुख्यमन्त्री, केन्द्रिय सरकारमा शिक्षा मन्त्री, मध्य प्रदेश र छतिसगढकी राजपाल रहिसकेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरेको गर्भगृहमा उनी उपस्थित थिइन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को वरिष्ठ सकृय नेतृमा उनी गनिन्छन् ।गुजरात राज्यमा भाजपाको वर्चस्व कायम राख्न आनन्दीवेनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।
उत्तरप्रदेशमा भाजपाको सरकार छ ।मुख्यमन्त्री योगी आदित्यनाथ मधेश प्रदेशका तत्कालिन मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा जनकपुरधामको भ्रमण गरेका थिए ।उनी रामजानकी विवाहमहोत्सवको अवसर पारेर यहाँ आएका थिए ।त्यस अघि भारतका प्रधानमन्त्री मोदीले जनकपुरधामको भ्रमण गरेका थिए ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई जनकपुरधामको जानकी मन्दिरमा स्वागत गरेका थिए । राजपाल पटेलको भ्रमणले जनकपुरधामको व्यापक प्रचार प्रचार हुने र धार्मिक सांस्कृतिक पर्यटकहरुको आगमनमा भारी बृद्धि हुने निश्चित थियो ।उत्तरप्रदेशको अयोध्यामा भगवान रामललाको प्राण प्रतिष्ठा भए यता जनकपुरधाममा हिन्दू धर्मावलम्बी पर्यटकहरुको आगमनमा भारी बृद्धि भएको छ ।
भगवान रामको दर्शन पश्चात सीतामाताको दर्शन नगरे सम्म पुजा पूर्ण नहुने मान्यता छ ।त्यसकारण अयोध्या जाने तिर्थयात्रीहरु जनकपुरधाम अनिवार्य रुपमा आउने गरेका छन् ।राजपाल पटेलपनि जनकपुरधामको धार्मिक यात्रा गर्न चाहेकी थिइन् ।अधिकारीहरुका अनुसार उपयुक्त समयमा फेरी भ्रमणको कार्यक्रम निर्धारण हुन सक्ने छ ।यद्यपी हाल त्यसबारे केहि खुलाइएको छैन् ।