
विद्यालय नर्सहरुले प्रदेश सरकारलाई पटक पटक आफ्ना गुनासो राख्दा समेत बेवास्ता गरेको भन्दै मुख्यमन्त्री सतीशकुमार सिंहको आवास अगाडि धर्ना दिएका छन् ।
मधेश प्रदेश सरकारले सञ्चालन गरेको विद्यालय नर्स कार्यक्रमअन्तर्गत कार्यरत नर्सहरुले प्रदेश सरकारलाई आफ् ना समस्या राख्दा समेत बेवास्ता गरेको भन्दै नर्सहरुले मुख्यमन्त्री निवास अगाडि धर्ना दिएका छन् । प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रमका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि बजेट आभावको कारण देखाउँदै कार्यक्रम बन्द गरेपछि उनीहरु धर्नामा बसेका छन् ।
प्रदेशको प्रत्येक जिल्लाका १० वटा नमूना विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम लागु गरेपछि चार वर्षदेखि उनीहरु विद्यालयमा काम कार्यरत रहँदै आएकी थिइन् ।