अपडेट 
२०८१ आश्विन १६, बुधबार ०७:४४

जनकपुरधामको प्रख्यात कलेज मध्ये एक रहेको मिट क्याम्पसलाई केहि व्यक्तिले जवरजस्ती बदनाम गर्ने प्रयास गरिरहेको क्याम्पस प्रमुख मनोज साहले आरोप लगाएका छन् ।

मंगलबार टुडेकर्मीसंग कुराकानी गर्दै प्रमुख साहले जनकपुरधामको शिक्षा क्षेत्रलाई देश व्यापीरुपमा उतकृष्ट बनाउदै लग्दै गरेको अवस्थामा मिट क्याम्पसलाई विवादमा ल्याएर बदनाम गर्ने षडयन्त्र स्वरुप यस्तो कार्य भइरहेको उनले आरोप लगाए ।

उनले भने,‘आफुले जनकपुरधाम उपमहानगरपालिकाकै शिक्षा नीति अनुरुप काम गरिरहेको र यसमा केहि फेरबदल भएर आफु परिवर्तन गर्न तयारनै रहेको अवस्थामा सूचना माग्ने नाउमा होहल्ला र विवाद निम्त्याउनु शिक्षा क्षेत्रलाई धाराशायी तुल्याउनु रहेको छ ।’शुल्क बढि लिएको आधार बनाएर सूचना माग्ने नाममा नेवि संघका पदाधिकारीहरुले अराजक रुपमा प्रस्तुत भई धाक धम्की दिएको आरोप लगाए । उनले सूचना माग्न कसैलाई पनि नरोकेको बताउदै सूचना माग्ने प्रक्रिया गलत रहेको बताए । हामीहरुको अधिकारिक निकाय स्थानीय तहबाट सहज रुपमा उहाँहरुले सूचना पाउन सक्नुहुन्छ,उनले भने, ‘तर त्यहाँ नगई बिना कुनै सूचनाको एक्कासी क्याम्पसमा आएर अराजक ढंगले प्रस्तुत हुनु गलत कुरा हो ।’ उनले हरेक सूचना सबैलाई दिन नमिल्ने बताउदै विद्यार्थीको नामावलीसहित अभिभावकको विवरण दिनु तिनीहरुको गोपनीयता रहेकोले भोलीको दिनमा ती सूचनाको दुरुपयोग हुन सक्ने हुँदा त्यस्ता सूचना दिनबाट पन्छिएको बताए । यदि उहाँहरुलाई शुल्कमै आपति छ भने उच्च मावि तहका अधिकारिक निकाय स्थानीय तह हो । त्यसले ग्रेड निर्धारणको माध्यमबाट जुन दररेट निर्धारण गर्छन हामी त्यसै अनुरुप लिन्छौं,उनले भने ।

नेवि संघका साथीहरुले जनकपुरधाममा आएर शुल्क बढी लियो भने फिर्ता र समोजन गर भनी धाक धम्की दिइरहेका छन् । तर काठमाडौमा कक्षा ११ र १२ को अढाई लाख रुपैयासम्म शुल्क लिइरहेका छन् । त्यहाँ गएर किन बोल्दैनन् प्रतिप्रश्न गर्दै साहले भने हामीहरु नेपालभरिमै सस्तो दरमा पढाइरहेको अवस्थामा यहाँ आएर अराजकता मचाउनु न्यायोचित भएर यसप्रति सम्बन्धित पार्टी र संगठनले पनि चासो लिन जरुरी रहेको छ ।

यता निजी क्याम्पसहरुको संगठन हिसान धनुषाका अध्यक्ष संजिव ठाकुरले जनकपुरधामका क्याम्पसहरुले शिक्षामा ल्याएको गुणस्तरीयता र न्यून शुल्कका कारण विद्यार्थी काठमाडौ लगायतका क्षेत्रमा लाखौ तिर्न नगई यहीं पढि रहेको र काठमाडौ लगायतका क्षेत्रमा विद्यार्थी यहाँबाट जान बन्द भएपछि त्यहींबाट यहाँ भाँडभैलो मचाउन रणनीति स्वरुप भइरहेको बताएका छन् ।

सूचना माग्ने नाउमा बिना कुनै जानकारीको एक्कासी क्याम्पसहरुमा प्रवेश गरी यतिकै शुल्क, यति विद्यार्थीलाई छात्रवृति दिनु लगायतका धाकधम्की दिनु, विद्यार्थीलाई जानकारी गराउने बहानामा बिना इजाजत कक्षा कोठामा गई पढाई बाधित गरेर त्रासको वातावरण बनाउनु गलत रहेको उनले बताए । उनले भने हामीहरुको यहाँको अभिभावकीय निकाय स्थानीय तह (जनकपुरधाम उपमहानगरपालिका) हो । हामी उच्च मावि तहका निजी क्याम्पसहरुले लिइरहेको शुल्कदेखि लिएर छात्रवृति र विद्यार्थी संख्याको विवरण उपलब्ध प्रत्येक वर्षमा बुझाउंदै आएका छौं । त्यहाँबाट सहज ढंगबाट लिन सकिन्छ नभई त्यहाँबाट लिखित स्वीकृति लिएर आएमा दिन सक्छौ । नभए राष्ट्रिय सूचना आयोगको प्रक्रियामा आएर विधिपूर्वक हामी सूचना उपलब्ध गराउनेछौं ।

विगत केहि दिन देखि क्षात्रवृति रकम बढि लिएको भन्दै विद्यार्थी उचालेर आन्दोलन गर्न लगाई क्याम्पसलाई बदनाम गर्ने कार्य सुरु गरिएपछि क्याम्पसले मंगलबार स्थानियतह जनकपुरधाम उपमहानगरपालिकालाई गुहारेका छन् । प्राप्त जानकारि अनुसार क्याम्पसमा भएको विवाद समाधानका लागि मिट क्याम्पस र जनकपुरधाम उपमहानगरपालिकासंग मंगलबार बैठक बस्ने भएको छ ।

जनकपुरधाममा उतकृष्ट शिक्षा दिएर जनकपुरधाममै टप कलेज मध्ये एक रहेको मिट क्याम्पसले जनकपुरधाम लगायत मधेश प्रदेशकै विद्यार्थीहरुको मन जित्न सफल रहेको छ ।

Comment


Related News

Latest News

Trending News