अपडेट 
२०८१ आश्विन १६, बुधबार ०९:३३

नेपाल, भारत र बङ्गलादेशबीच भोलि त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।

बङ्गलादेशले पहिलोपटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो । सम्झौतामा हस्ताक्षरको पूर्वसन्ध्यामा नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिव स्तरीय बैठक हिजो सम्पन्न भएको छ ।

नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापार र विद्यतसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदलको संयन्त्रको छैटौँ बैठक काठमाण्डौमा सम्पन्न भएको हो ।

बैठकमा भोलि १७ गते नेपाल–भारत–बङ्गलादेशबीच हुन लागेको त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बङ्गलादेशबीचको ऊर्जा विकासका सम्भावनालगायतका विषयमा छलफल भएको कार्यदलका संयोजक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतले जानकारी दिनुभयो ।

नेपाल र बङ्गलादेशका सहसचिवले नेतृत्व गर्ने संयुक्त कार्यदल (जेडब्लूजी) ले गरेको निर्णयबारेमा आज सचिवले नेतृत्व गर्ने संयुक्त निर्देशक समिति (जेएससी)को बैठकमा पेस गरिनेछ ।

Comment


Related News

Latest News

Trending News