
उत्तर प्रदेशको मिर्जापुरमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार यो दुर्घटना बिहीबार राति करिब १ बजे भएको हो। मिर्जापुर प्रहरीका अनुसार ट्रकले पछाडिबाट ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु भएको हो।
मिर्जापुरका प्रहरी उपरीक्षक अभिनन्दनका अनुसार ट्र्याक्टरमा १३ जना मजदुर सवार थिए।
उनले भने- १३ जनामध्ये १० जनाको मृत्यु भएको छ भने तीन जनालाई उपचारका लागि बनारस पठाइएको छ। यी सबै मजदुर बनारसका बासिन्दा थिए। छिमेकी भदोहीमा कास्टिङको काम सकेर फर्किरहेका थिए।