
दसैँअघि बीपी राजमार्ग सञ्चालन नहुने भएको छ । असोज ११ र १२ गतेको बाढी पहिरोबाट बीपी राजमार्गको १२ किलोमिटर सडक बगाएकोले तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । उनले सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुचारु गर्न सक्ने अवस्था नरहेको बताए ।