बडा दशैँ आगमनसंगै सीमानाकाबाट घर आउनेहरुको संख्या दिनानुदिन बढ्दै गएपछि पर्यटकलाई समेत ख्याल गर्दै सहायता कक्ष स्थापना गरिने भएको छ ।
पर्यटकलाई सहजीकरणका लागि सशस्त्र प्रहरीले आठवटा जिल्लामा पर्यटक सहायता कक्षसमेत स्थापना गर्ने गरिने भएको छ । तराईदेखि मधेशमा पर्यटकहरू प्रवेश गर्ने सीमानाका क्षेत्र इलाम जिल्लाको पशुपतिनगर, झापाको काँकडभिट्टा, धनुषाको जटही, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह र कञ्चनपुर जिल्लाको गड्डाचौकीमा गरी आठ ठाउँमा पर्यटक सहायता कक्ष स्थापनाको प्रक्रिया सशस्त्र प्रहरी बलले अघि बढाइएको जनाइएको छ ।
धनुषाको जटहीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म सशस्त्र प्रहरीले सहायता कक्ष स्थापना गरेको जनाएको छ । तर सीमानानका क्षेत्रमा सुरक्षानिकायमाथि बढी गुनासो सुनिए पछि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको मोवाइल नम्बर सार्वजनिक गरिएको छ ।
कुनै पनि नागरिकलाई आवतजावतमा सुरक्षाकर्मीबाट भइ आएका समस्या वा कुनै किसिमको गुनासो भएमा तत्काल सम्पर्क गरिएमा तत्कालै कारबाही गरिने जनाइएको छ । आमनागरिक सीमानाकाबाट आवतजावत गर्दा सुरक्षाकर्मीले दुःख दिने तथा अनावश्यक हैरानी दिने कार्य भएमा सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको मोवाइल नम्बर सार्वजनिक गरिएको छ । चाडपर्वमा भारतलगायतका विभिन्न देशबाट फर्किने नेपाली नागरिकलाई सहजीकरण गर्न सशस्त्र प्रहरी बलले भारतसँगको सीमानाकामा सहायता कक्ष स्थापना गरी सहयोग गर्न थालेको छ ।
शुक्रबारसम्म ६६ वटा सहायताकक्ष स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी कुमार न्यौपानेले जनाए । दशैँ, तिहार तथा छठपर्वलगायतका चाडवाडका समयमा सीमानाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपतमा परेका नागरिकको उद्धार कार्यमा सहयोग पु¥याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको उनले बताए ।
चाडपर्वको वेला सीमानाकाबाट आवतजावत गर्ने नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी, डकैती, लुटपाटजस्ता घटना हुन नदिन र अप्ठ्यारोमा परेका नागरिकको सहयोगसमेत गर्ने हेल्पडेस्कको मुख्य उद्देश्य रहेको उनले बताए । आमनागरिक सीमानाकाबाट आवतजावत गर्दा सुरक्षाकर्मीले दुःख दिने तथा अनावश्यक हैरानी दिने कार्य भएमा सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको मोबाइल नम्बर सार्वजनिक गरिएको छ ।