२०८१ आश्विन २३, बुधबार १०:४५

पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेपछिको दुरावस्थाले बेचैनी बढाएको बताएका छन् ।

दशैंका शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नारायणहिटी छाडेको दुई दशक पूरा हुनै लाग्दा पनि देशमा नै हर्षका साथ रहने जनताको चाहना पूरा हुन नसकेको बताए ।

उनले सन्देशमा भनेका छन्, ‘नेपाल अहिले अत्यन्तै असहज अवस्थामा छ । निरन्तरताको परनिर्भरता र ऋणको भारले थिचिएको छ । गाउँहरू युवा शक्ति विहीन बन्दै गइरहेका छन् । युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन । युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न‍े विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दैछ ।’

पूर्वराजा शाहले रोजगारीका लागि विदेशीनुपर्ने बाध्यताका कारण खेतबारी बाँझो छाड्नुपर्ने अवस्था मात्रै नभएर बाबु आमाको मन पनि काँडाले बिझाएको बताएका छन् । उनले नेपाल सार्वभौमिक देश भएकाले बाह्य शक्ति राष्ट्रहरूको दबाब र दुष्प्रभाव नबढोस् भन्नेमा गहिरो ध्यानृष्टि रहेको पनि उल्लेख गरेका छन् ।

Comment

Related News

Latest News

Trending News