अपडेट 
२०८१ आश्विन २५, शुक्रबार ११:३६

बीपी राजमार्गको काभ्रे रोशी गाउँपालिका पिप्लेखण्डमा ठूलो सुक्खा पहिरो खसेको छ । लामो प्रयासपछि मर्मत गरी १४ दिनपछि खुलेको सडकमा फेरि पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार पहिरोले दुई वटा गाडीमा क्षति पुर्‍याएकाे । तर मानविय क्षति भने भएको छैन । एउटा खाली बस र अर्को खोटाङबाट काठमाण्डौका लागि छुटेको गाडीमा सुक्खा पहिरोले क्षति गरेको हो । ठूलो सक्खा पहिरो खसेकाले तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको खड्काले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि विभिन्न ठाउँमा क्षति भएको सडकमा डाइर्भसन मिलाएर सञ्चालन गरिएको थियो । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।

Comment


Related News

Latest News

Trending News