२०८१ आश्विन २६, शनिबार १२:१४

शुक्रबार राति भारतको चेन्नईनजिकै यात्रुवाहक रेल रोकिराखेको मालवाहक रेलसँग ठोकिएको छ। दुर्घटनामा यात्रुवाहक रेलका १३ वटा डिब्बा लिकबाट उछिट्टिएका थिए।

समाचार एजेन्सी एएनआईका अनुसार रेल दुर्घटनामा हालसम्म १९ जना घाइते भएका छन्।

दुर्घटनामा रेलको एउटा डिब्बामा आगो पनि लागेको छ।

यात्रुवाहक रेल मैसुरबाट दरभंगातर्फ गइरहेको थियो।

यस घटनामा तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ट्विट गर्दै लेखेका छन्- तिरुवल्लुवर जिल्लाको कावरीपेटाईमा भएको रेल दुर्घटनाबारे थाहा पाउँदा म स्तब्ध छु।

उनले अगाडि लेखेका छन्- सरकारले उद्धार र राहतको काम तीव्र गतिमा गरिरहेको छ। घाइतेहरुलाई तत्काल अस्पताल लगिएको छ। घर फर्कने अन्य यात्रुका लागि खाना र यात्रा सुविधाको व्यवस्था गर्न छुट्टै टोलीले काम गरिरहेको छ। म उद्धारको निगरानी गरिरहेको छु।

Comment

Related News

Latest News

Trending News