अपडेट 
२०८१ कार्तिक १, बिहीबार ०७:०७

भारतीय सीमा सुरक्षा बल (एसएसबी) जवानले नेपाली भूमिमा गोली चलाउँदा दुई भारतीयलाई पक्राउ गरिएको छ ।

एसएसबीले मंगलबार नेपाली भूमिमा प्रवेश गरी गोली चलाएको प्रकरणमा दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो नेपालतर्फबाट कवाड लिएर जाँदै गरेका २ जना तस्करहरूलाई एसएसबीले रोक्न खोजेपछि झडप भएको थियो । सो झडपको क्रममा एसएसबीले दुई राउण्ड गोलीसमेत चलाएको थियो । यता एसएसबीमाथि हातपात गरेर उनीहरु नेपाल प्रवेश गरेका थिए ।

एसएसबीले चलाएको गोलीको खोका नेपाली भूमिमा भेटिएको छ । भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिएको जानकारी अनुसार तस्करले एसएसबीका जवानद्वय नवीन कुमार र श्रीपालमाथि आक्रमण गरी भागेका थिए । उनीहरुले हतियारसमेत खोस्ने प्रयास गरेपछि आत्मरक्षाका लागि एसएसबीका जवान नवीन कुमारले दुई राउण्ड गोली चलाएका थिए । त्यसपछि कबाड तस्कर नेपालतर्फ भागेका थिए । उनीहरुले एसएसबीमाथि आक्रमण र ढुंगामुढासमेत गरेको थियो ।

सोही घटनामा संलग्न मध्येका भारत रक्सौलको अहिरवा टोलका जितु कुमार र खुर्शीद आलम छन् । सो घटनामा संलग्न अन्य व्याक्तिहरूको पनि खोजी भइरहेको भारतीय प्रहरीका एसपी स्वर्ण प्रभातले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News