अपडेट 
२०८१ कार्तिक ३, शनिबार ०९:०८

रामजानकी विवाहपञ्चमी महोत्सवमा यसपटक विश्व हिन्दु परिषद अयोध्याको नेतृत्वमा ५०० जना विशेष जन्ती आउने भएको छ । पाँचसय भन्दा बढीको संख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा शुरु भइसकेको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार जन्तीको स्वागत र विवाहपञ्चमीको तयारीका लागि जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरिएको जानकारी दिए ।

विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तिर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए । जन्तीमा सन्तमहन्थ र विश्व हिन्दु परिषद्का अधिकारीहरु सहभागि रह्नेछन् ।

मंसिर १८ गते जन्ती जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । अयोध्याबाट आएका जन्तीहरु मंसिर २३ गते भारतका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ

Comment


Related News

Latest News

Trending News