अपडेट 
२०८१ कार्तिक ३, शनिबार १४:४८

मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचार प्रसार गर्ने उद्देश्यले युवाहरुले धोती कुर्ता तथा साड़ी जुलुश निकालेका छन् ।

पछिल्लो समय युवाहरुमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गईरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरुले जनकपुरधाममा धोर्तीकुर्ता तथा साड़ी जुलुश निकालेका हुन् ।

धोती कुर्ता तथा साड़ी लगाएका सयो युवा युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् । मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुरले नै जोगाउनु पर्छ भन्ने उद्देश्यले आफूहरुले यो जुलुश निकालेको जुलुशमै सहभागी सुमित जलानले बताए । उनले यसलाई अभियानकै रुपमा आफूहरुले अगाडी बढाएको बताए ।

यता धोर्तीकुर्ता तथा साड़ी जुलुश अभियानको अगुवाई गरिरहेका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आईरहेको तथा यो अभियान यस पटक प्रत्येक छठ घाटमा लाने हाम्रो अभियान रहेको बताए । उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गरे ।

युवतीहरुरमा साड़ीप्रति आकर्षण रहेपनि साडी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुशमा सहभागी विनिता महतोले दुःख व्यक्त गरिन् । उनले युवतीहरुलाई हाम्रा पुर्खाले जसरी लगाउँथे त्यसरी नै साड़ी लगाउन आग्रह समेत गरिन् । विनिताले सबैलाई सीधा पल्लामा साडी लगाउन आग्रह गरिन् ।

Comment


Related News

Latest News

Trending News