अपडेट 
२०८१ कार्तिक ३, शनिबार ०६:४६

पर्व–त्यौहारको मौसममा मनमुटुभित्र सृंगार–शान्त र हास्य रसको रसनचौकी बज्नुपर्नेमा जनकपुरधामवासीको हृदयभित्र रौद्र–विभत्स र अद्भुत रसको डंका बज्दै छ । देवी देवताको आगमनमा सोहर र वधैयाको मधुर राग सुन्न आतूर जनकपुरियाका कानहरु कर्कश डिजे र अस्लील गीत सुन्न बाध्य छन् । धर्मको नाममा व्यापार त सुनेको थिएँ पछिल्लो पटक राजनीति पनि फस्टाउन थालेको छ । देवालयहरुमा देवी देवताको सिंहाशनभन्दा अग्ला मञ्च बनाएर ठूला बडालाई दैवत्वकरण गरिँदै छ । पूजा–पाठ–अनुष्ठान ओझेलमा छ । आडम्बर उत्कर्षमा पुगेको छ ।

पर्व–त्यौहारको यस मौसममा साहित्यकार तथा पत्रकार नित्यानन्द मण्डलको बहुचर्चित ‘सिरी सम्पादकजीके पत्र’ शीर्षकको टिप्पणीबाट आजको आलेख सुरु गर्न चाहन्छु । यद्यपि यस पटक नित्याले मेयर साहेबलाई सम्बोधन गरेर पत्र लेख्नु भएको छ– ‘मन होइए बरसातीमे विश्राम कैरती !!’ सिरी मेयर साहेव पैरनाम । कुशलमंगल ठीके हइ । आइ पुर्णिमामे जनकपुर आएल छी । भगवानके दरसन भ’ गेल । आवअहाँके दरशन करय चाहैत छी । मुरहीकचरी, चप, बरी जलखै खैली । आवविश्राम, आराम करयके मन होइय । कत करु ? रामायणी घर बरसाती त खालिएनइँ हय । भरि बरसाती त दफाली दोकान, लटगेनाके दोकानखुजलहइ ।

कतौ एकोरत्ती दअर नइँहइ जे टाँग हाथपसाइरती । आबअहीकहू जे हमतिथार्थी, जात्री सभ कतए रहबै ाम स्थल त बरसातिए छलै । साहएअपनेके कहल जे दरशार्थी कतएजा क रहतै ? अपनेक उल्हनियाँ जिलेवीया देवी मधुवनी बिहार नित्यानन्द मण्डलको काल्पनिक पात्र जिलेविया देवीलाई थाहा छ कि छैन– धनुषसागरको पश्चिमी मोहारमा निर्मित रामायण भवन वर्षाती हो ।

वर्षाती भनेको जनकपुरधामका मठ–मन्दिरहरुमा पूजा–अर्चना, मेला–ठेला तथा घूम–फिर गर्न आएका श्रद्धालुहरुलाई घाम, पानीलगायतका प्राकृतिक विपदामा विश्राम गर्ने उद्देश्यले बनाइएको भौतिक संरचना हो । माथि दुई तल्लामा सिंगै रामचरित मानसका दोहा तथा चौपाई लेखिएको यस वर्षातीको भुइँ तल्ला खाली राखिनुको उद्देश्य खुल्ला स्थानमा श्रद्धालुहरु बस्न, सुत्न र आराम गर्न सकोस् भन्ने नै हो । वर्षाती निर्माता मनकारीबन्धु हुन्– परम आदरणीय कमल जायसवाल र रघुनाथ जायसवाल । वर्षातीको पूर्वी प्रवेशद्वारमा अवस्थित शिलालेख अनुसार–२०१३ सालमा रघुनाथ राम र कमलप्रसाद जायसवालले जिर्णोद्धार गरेको उल्लेख छ ।

गौँ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठका अनुसार– दाता जायसवालबन्धुले वर्षाती संचालनको लागि उत्तरी–पूर्वी धनुषामा झण्डै २० विघा जग्गा पनि दान दिएका थिए । जुन जग्गा गुठी संस्थानले लगभग ४ करोड रुपैयाँमा बिक्री गरिसकेको छ । ४ करोडमध्ये झण्डै १ करोड हिनामिना भएको आरोपमा केही उच्चपदस्थ सरोकारबालाहरुमाथि मुद्दा पनि चल्दैछ । करिब ३ करोड जग्गा अझै पनि रामायण भवन वर्षातीको खातामा बाँकी छ । गुठीका एक कर्मचारीका अनुसार– वर्षाती निर्माणको वर्षेणी ३० लाख बिनियोजन पनि गरिँदै आएको हो । तर काम भने सुरु हुन सकेको छैन ।

मनकारी जायसालबन्धुले निजी लगानीमा बनाइ दिएको रामायण भवन (वर्षाती) को जग्गा गुठी संस्थानले बिक्री गर्नुको अर्थ भयो, यो संरचना गुठी संस्थानको मातहातमा छ । यसको संरक्षण, संवद्र्धन तथा मर्मत सम्भारको जिम्मेवारी गुठी संस्थानको छ । तर श्रद्धालुहरुको सुविधाको लागि निर्माण गरिएको वर्षातीमा आज सिंदुर, चुरा, चुनरी आदीको लटगेना बाजार छ । वर्षातीभित्र पसल थापेर सर सामग्री राख्न ठूल्ठूला ट्रंकहरु राखिएका छन् । पसलेहरुको भोजन, आवासको व्यवस्था पनि भित्रै छ । वर्षातीको जग्गा बिक्री गर्ने गुठी संस्थानको कार्यालय ५० मिटर अगाडिको राम मन्दिर भित्रै छ । गुठी संस्थानका कर्मचारीहरु के हेरेर बसेका छन् ?

वर्षाती भित्र लागेको बाजारको ठेक्का कसले लगाउँछ ? गुठी संस्थान ? जनकपुरधाम उपमहानगर पालिका ? खोजी कसले गर्ने ? जनकपुरधामको अभिभावक को ? यस विषयमा मैले केही पसलेसंग कुराकानी पनि गरेको थिएँ । एक थरी व्यापारीको कथन छ– दैनिक एक सय रुपियाँ नगरपालिकाका ठेकेदारले लिन्छन् ।

अर्को थरीका व्यापारी भन्छन्– मेला ठेलामा मात्र बट्टीतिर्नु पर्छ । तर दुबै व्यापारीले भन्छन्– बट्टी लिएको रसिद दिदँैन । यदी जनकपुरधाम उपमहानगर पालिकाले वर्षातीको पसल ठेक्का लगाएको हो भने बट्टी असुली गरेको रसिद दिनु पर्ने हो । यिनीहरु स्थायी व्यावसायी हुन् भने यसको अभिलेख नगरपालिकासंग हुनु प¥यो । फेरी गुठी संस्थानको सम्पतिमा लागेको हाट बजारको ठेक्का लगाउने अधिकार पालिकासंग छ कि छैन ? एउटा अर्को प्रशंग पनि जोडौँ ।

मेरो रेडियो कार्यक्रम समधियामा गौपालजी नामका एक जिज्ञासुले गत मंगलबार मसंग सोध्नु भयो– ‘सर कोजाग्रत पूर्णिमा कहिले हो ? नेपाली पञ्चाङ बिहीबार लेख्छ । मिथिलापञ्चाङ बुधवार लेख्छ ।’ मैले भनेको थिएँ– ‘महाशय हामीले मिथिलापञ्चाङ मान्नु वेस होला की ?’ जनकपुरधाम श्रेत्रका झण्डै ९९ प्रतिशत मठ–मन्दिर तथा शतप्रतिशत घरमा बुधवार नै कोजाग्रत पूर्णिमा सम्पन्न भयो, तर जानकी मन्दिरमा बिहीबार ।

हालै सम्पन्न भएको बडा दशमीमा महिला दिदीबहिनीहरु सप्तमी तिथिको दिन भगवतीको खोँइछ भर्नु हुन्छ, तर खोँइछ कहिले भर्ने ? महिला दिदीबहिनीहरु तीन दिन भौतारिनु प¥यो । भोक भोकै बसेर शक्तिपीठसम्म पुगेकीहरुलाई फिर्ता पठाइयो । कुनपर्व कहिले मनाउने विषयमा जनकपुरधाममा सधैँ अन्योल हुन्छ । कुनै आधिकारिक निकाय छैन जसले एउटै तिथि निर्धारण गरोस् अनि त्यहीँ तिथिमा सिंगै जनकपुरधाम पर्व उत्सव मनाओस् । त्यसैले आज बाध्य भएर यस आलेखको शिर्षक लगाउनु परेको छ– अभिभावकविहीन जनकपुरधाम ।

Comment


Related News

Latest News

Trending News