अपडेट 
२०८१ कार्तिक ४, आईतवार ०६:४८

विश्व प्रसिद्ध पञ्च वर्षीय गढीमाई मेलाको व्यवस्थापन तयारी सन्दर्भमा बृहत छलफल भएको छ ।

खानेपानी मन्त्री प्रदीपकुमार यादवले विश्व प्रसिद्ध पञ्च वर्षीय मेलाको व्यवस्थापनमा कुनै पनि किसिमले समस्या उत्पन्न हुन नदिनका लागि सबै पक्षलाई आग्रह गरे । मन्त्री यादवले बाराको बरियारपुरमा लाग्ने विश्वप्रसीद्ध पञ्चवर्षीय गढीमाई मन्दिरमा आउने दर्शनार्थी र भक्तजनहरुका लागि शुद्ध खानेपानीको प्रबन्ध मिलाउन मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए ।

गढीमाई मेलाको तयारीबारेमा स्थलगत अनुगमन गर्दै मन्त्री यादवले आफ्नो तर्फबाट मेला भर्न आउने भतmजनहरुका लागि शुद्ध खानेपानी, शुलभ शौचालय र मेलाको सरसफाईमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न तयार रहेको प्रतिवद्धता जनाए । बाराको महागढीमाई नगरपालिका–२ स्थित गढीमाई मन्दिरमा मंसिर दोस्रो सातादेखि पञ्चवर्षीय मेला लाग्दै छ ।

पञ्चवर्षीय गढीमाई मेला पशु बलीका लागि विश्वमै प्रसिद्ध रहेको छ । मन्त्री यादवले पञ्चवर्षीय गढीमाई मेलामा देशविदेशबाट लाखौँ श्रद्धालु र भक्तनहरु आउने भएकाले उनीहरूले गर्ने दर्शन र यात्रामा कुनै असुविधा नहुने गरी प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए ।

यसअघिको पञ्चवर्षीय गढीमाई मेलामा खानेपानी र शौचालयको अभावले दर्शनार्थी र भक्तजनहरुले समस्या खेप्नु परेको गुनासो आएको प्रसंग उल्लेख गर्दै मन्त्री यादवले विगतकोबाट पाठ सिकेर यस पालिको मेलामा कुनै पनि किसिमको समस्या उत्पन्न हुन नदिन सबै पक्ष सचेत हुन जरुरी रहेको बताए । गढीमाई मेलामा आउने दर्शनार्थी र भक्तजनहरुको सेवा सुविधाका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग मन्त्रालयले समन्वय गरेर समयमै उचित र भरपर्दो व्यवस्थापन गरिने उनले बताए ।

Comment


Related News

Latest News

Trending News