२०८१ कार्तिक ७, बुधबार ०८:३१

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पार्टीको पछाडि (नयाँ शक्ति) थप्ने निर्णय गरेको छ। पोखरामा भएको विधान अधिवेशनले पार्टीको नामको पछाडि नयाँ शक्ति थप्ने निर्णय गरेको नेता मानुषी यमी भट्टराईले बताइन्।

अधिवेशनले आगामी माघ २५, २६ र २७ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने समेत निर्णय गरेको छ। भने झण्डा र चुनाव चिन्ह आँखा राख्ने निर्णय गरेको छ।

अधिवेशनले ९९ सदस्यीय केन्द्रीय समिति, ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरेको छ। १ अध्यक्ष, ५ उपाध्यक्ष ९१ महिला, १ जनजाति , १ मधेसी , १ खसाआर्य, १ दलित०, १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुने व्यवस्था गरेको छ।

पार्टीका सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरेको उनले बताइन्।

Comment

Related News

Latest News

Trending News