अपडेट 
२०८१ कार्तिक ८, बिहीबार ०७:२०

जनलोकपाल आयोगले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाउँदै अध्यक्ष रामसहाय यादवले आत्मलोचना गरेका छन् ।

जनकपुरधाममा बुधबार आयोगका अध्यक्ष रामसहाय यादवले सो प्रतिवेदन बुझाउँदै स्थापना भएदेखि नै कुनै पनि काम गर्न नसकेको प्रति आत्मलोचित भएका छन् । स्थापना भएको तीन वर्ष बितिसक्दा पनि आयोगले कुनै काम गर्न सकेको छैन । तीन वर्षमा आयोगमा परेको ४२ वटा उजुरीमा पनि कुनैमा काम गर्न नसकेको उनले स्वीकारे ।

कर्मचारीको अभाव, नियमावली नहुनु, सुरक्षाकर्मी कर्मचारी नहुनु, डर धम्कीको वातावरण रहेको भन्दै कुनै पनि कामकारबाही गर्न नसकेको प्रदेश प्रमुख भण्डारीलाई उनले बताए । कारबाहीको लागि चाहिने निर्देशिका कार्यविधिसमेत तीन वर्षसम्म मधेश प्रदेश सरकारले बेवास्ता गर्दा काम गर्न नसकेको अध्यक्ष यादवले स्पष्ट पारे ।

Comment


Related News