२०८१ कार्तिक ९, शुक्रबार ०८:०१

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्रकान्त चौधरीसहितका नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् ।

राजविराजमा बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी पूर्वसांसद समेत रहेका चौधरीले लोसपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेका छन् । सो पार्टी परित्याग गरे लगत्तै बिहीबार नै उनी राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता एवं ललितपुरबाट निर्वाचित संविधान सदस्य योगेन्द्र घिसिङ, सोही पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष दलबहादुर तामाङ र केन्द्रीय सचिवालय सदस्य ओमप्रकाश चौधरी पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।

त्यस्तै जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय महासचिव प्रेम प्रसाद राई लगायतका नेतासहित सयौँको संख्यामा विभिन्न पार्टीका अगुवा कार्यकर्ता राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेको अध्यक्ष राजेन्द्र महतोले एक प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

Comment

Related News

Latest News

Trending News